जेष्ठ ५, २०८२ आईतबार

तरकारी तथा फलफूलको विषादी जाँच गर्न उपभोक्ता जागरण अभियानको माग

बिर्तामोड । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण नभई बजारमा विक्री वितरण हुने गरेको भन्दै आपत्ति जनाएको छ ।

अभियानका झापा अध्यक्ष मोहन काजी र सचिव विशाल थापाले जारी गर्नु भएको विज्ञप्तिमा विषादी नजाँची बजारमा तरकारी तथा फलफूल विक्री हुँदा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको समेत उल्लेख गरिएको छ ।
अभियानले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी जाँच भन्सार विन्दुमै गर्न र स्थानीय उत्पादनको जाँच विर्तामोडको कृषि थोक बजारमा रहेको विषादी अवशेष परीक्षण प्रयोगशालामा गर्न माग गरेको छ ।

हाल कृषि थोकमा रहेको प्रयोगशालालाई व्यवस्थित रुपमा सञ्चालन गरिएको छैन भने भन्सारबाट भित्रिने तरकारी तथा फलफूलको परीक्षण भरपर्दो ढंगले हुने गरेको छैन ।

प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]