बैशाख १३, २०८१ बिहीबार

कनकाई क्याम्पसमा तालाबन्दी

कनकाई । कनकाई बहुमुखी क्याम्पस सुरुङामा स्वतन्त्र बिद्यार्थीले आज बिहानै तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनमा बिद्यार्थीले विभिन्न चार माग राख्दै तालाबन्दी गरेका छन् ।

केही समयदेखी क्याम्पसमा भइरहेको बिबाद समाधानका लागि तालाबन्दी गरिएको बुझिएको छ । उनीहरुले भाडाका प्राध्यापकको बिरोध जनाउँदै नियमित पठनपाठनको माग गरेको छन् ।

क्याम्पस संचालक समितिले त्यहाँ कार्यरत उपप्राध्यपक हरि तिम्सिनालाई निष्कासन गरेपछि बिद्यार्थी आन्दोलित बनेका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]