जेष्ठ ७, २०८१ सोमबार

स्वास्थ्य बीमा गर्नेमा झापालीको संख्या सबैभन्दा धेरै

बिर्तामोड । झापामा ६ लाख ६९ हजार २ सय ६८ जनाले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्डको तथ्याङक अनुसार यो संख्या अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै हो । झापामा ०७४ मंसिर १ गतेदेखि सेवा सुरु भएको थियो ।

सबैभन्दा धेरै बीमा गर्नेमा झापा जिल्ला अगाडि छ । दोस्रोमा मोरङमा ५ लाख २ हजार ५, तेस्रोमा सुनसरीमा ४ लाख ९१ हजार ७९६ र चौथो जिल्लामा चितवनमा ४ लाख ६३ हजार ९ सय ५६ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

बीमा बोर्डका अनुसार देशभर ७० लाख २० हजार ६ सय ९७ जनाको बीमा भएको छ । कोशी प्रदेशमा ११ लाख ४ हजार ३ सय १४ जना महिला र १० लाख ४४ हजार ४ सय २७ जना पुरुषले बीमा गरेको बोर्डको तथ्याङकमा उल्लेख छ । सबैभन्दा कम कर्णाली प्रदेशका नागरिकले बीमा गरेका छन् । झापामा स्वास्थ्य बीमा मार्फत २१ वटा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

स्थानीय तहहरुले समेत प्राथमिकता दिएका कारण बीमा गर्नेको संख्या धेरै भएको पाइएको छ । आर्थिक वर्ष ०७२-७३ बाट सुरु भएको स्वास्थ्य बीमामा हालसम्म ७५ जिल्लामा लागु भइसकेको छ ।

प्रकाशित मिति : श्रावण १९, २०८० शुक्रबार  २ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]