जेष्ठ १, २०८१ मंगलबार

डेंगु नियन्त्रणका लागि शिवसताक्षीले लामखुट्टेको बास स्थान नष्ट गर्ने

शिवसताक्षी । झापाका अधिकांश स्थानहरुमा डेंगुको संक्रमण बढ्दै गएका बेला प्रभावकारी रुपमा डेंगु नियन्त्रण गर्नका लागी शिवसताक्षी नगरपालिकामा एक दिवशीय अभिमुखीकरण गरेको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा डेंगु नियन्त्रण सम्बन्धी एक दिवशीय अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा डेंगु प्रभावकारी रुपमा नियन्त्रण डेंगु बस्ने स्थान नै नष्ट गर्नु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिए । एडिस जातको लामखुट्टेले घर वरी परी विभिन्न स्थानमा फ्याकिएको बट्टा, भाडाँ, टायर, अलकत्रको ड्रम वा कुनै पनि भाँडोमाथि सङ्लो पानी जमेको स्थानमा लार्भा उत्पादन गर्ने र लामाखुट्टे विकशित अवस्थामा डेंगु रोगलाई एकबाट अर्कोलाई सार्ने भएकाले प्रभाकारी रुपमा जमेको पानी हटाउन सके डेंगु नियन्त्रण गर्न सकिने पोकल पर्सन पौडेलले बताए ।

डेंगु नियन्त्रणका लागि विषादी वा विषादी युक्त धुँवा (फगिङ) छर्केर डेंगु नियन्त्रण नहुने भेक्टर कन्ट्रोल निरिक्षक कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्कर्मी जीवन चम्लागाईँले बताए । समाजमा विषादी र धुँवा छर्किने प्रचलन बढ्दै गएपनि डेंगु नियन्त्रणका लागि यो प्रभावकारी नुहने उनले बताए ।

डेंगु नियन्त्रण गर्न एडिस जातको लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु पर्ने हुन्छ । उनले भने, यसो गरियो भने मात्र हामीले छिट्टै डेंगु नियन्त्रण गर्न सक्छौं ।

अभिमुखीकरणमा गोष्ठीमा प्रभावकारी बोल्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षीमा पनि २ जना डेंगु भएका व्यक्ति फेला परेको बताए । उनले यसलाई अन्य समुदाय फैलन नदिनका लागि शिवसताक्षी नगरपालिकाले प्रत्येक वडाहरुबाट एडिस नामको लामुखट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाउने जानकारी दिए ।

उनले वडाहरुका प्रत्येक टोलबासीहरुलाई डेंगु नियन्त्रणका लागि अभियानमा जोडिन समेत उनले आग्रह गरेका छन् । विषादी छर्केर डेंगु नियन्त्रण नहुने भएका कारण नगरपालिकाले लार्भा उत्पादन गर्ने स्थान नष्ट गर्न लागेको उनको भनाई थियो ।

नगरपालिकाले आगामी सोमबारदेखि सबै स्वास्थ्य शाखाका कर्मचारीहरु, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई डेंगु नियन्त्रणका लागि परिचालन गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नेपालमा सन २००४ बाट देखिएको डेंगुले हालसम्म ८८ जनाको मृत्यु भईसकेको तथ्याङ्कमा उल्लेख छ । त्यस्ते नेपालमा हालसम्म सन २०२२ सम्ममा ५४ हजार ७ ८४ जना संक्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालयको डाटामा उल्लेख छ । सन २०२३ को हालसम्ममा ५ हजार ६८९ जना डेंगु संक्रमित भएका छन् ।

प्रकाशित मिति : श्रावण १९, २०८० शुक्रबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]