बैशाख २३, २०८१ आईतबार

कनकाईमा जलाउन लागेको शव पोष्टमार्टम गर्न पठाइयो

बिर्तामोड । छरछिमेकको मौखिक उजुरी पछि आज जलाउन तयार गरिएको शव कनकाई माईबाट अनसन्धानका लागि फिर्ता ल्याइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले दाहसंस्कारका लागि तयार गरिएको ३२ वर्षीया पुजा कोचकारको शव फिर्ता ल्याएको हो ।

कनकाई–३ का चोपेन्द्र कोचकारको कान्छी श्रीमति पुजाको कुटपिटका कारण मृत्यू भएको हुन सक्ने स्थानीयको उजुरी पछि थप अनुसन्धानका लागि प्रहरीले खोलाबाट शव ल्याएको बिर्तामोड प्रहरीले जनाएको छ । चोपेन्द्र र जेठी श्रीमतिको कुटपिटबाट मृत्यू भएको हुन सक्ने शंकामा पोष्टमार्टमका लागि भद्रपुर पठाइएको छ । उनको उपचारका लागि बिर्तामोड स्थित कञ्चनजंगा अस्पताल पुराइएको थियो । उपचारकै क्रममा कोचकारको मृत्यू भएको बताइएको छ ।

घर निर्माण मजदुरको रुपमा काम गर्दै आएका कोचकारले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दै आएको बुझिएको छ । अनुसनधान पछि थप जानकारी दिने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]