बैशाख ११, २०८१ मंगलबार

प्रशासनको अवज्ञा गर्दै सताक्षीधाम विकास समितिद्वारा आर्थिक संकलन

सताक्षीधाम । सताक्षीधाम मन्दिर विकास समितिले जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन अवज्ञा गरेको छ । प्रशासन कार्यालयले धाम विकास समितिलाई आर्थिक संकलन नगर्न निर्देशन गरेको थियो । तर, आज विहान समितिले धाम क्षेत्रमा स्टल बनाएरै आर्थिक संकलन गरिरहेको पाइएको छ ।

संस्थाले कानुनी प्रक्रिया पुरा नगरी काम गरिरहेको आरोप लागेको छ । १० वर्षदेखि धाम विकास समितिले हालसम्म साधरणसभा पनि नगरे पछि जिल्ला प्रशासन कार्यालय झापालाई जानकारी गराइएको थियो । विभिन्न मुद्दाले सताक्षीधाम मन्दिर विकास समिति यतिबेला चरम विवादमा परेको छ । प्रशासनले आर्थिक संकलन नगर्न समितिलाई पत्राचार गरेको थियो भने इलाका प्रहरी कार्यालय झिलझिलेलाई समेत जानकारी गराएको थियो । शिवसताक्षी नगरपालिकाले समेत कुनै किसिमको आर्थिक संकलन नगर्न समितिलाई भनेको थियो ।

सताक्षीधाम मन्दिर बिकास समितिको ०६७ साल पौस १७ निर्वाचन भएको थियो । निर्वाचनबाट स्थानीय प्रसाद सुब्बा अध्यक्षमा निर्वाचित भएका थिए ।

सताक्षीधाम मन्दिर विकास समिति स्वायत्त गैह्र सरकारी संस्था भए पनि यसको नविवरण केहि वर्ष देखि भएको छैन । गैह्र सरकारी संस्थाले सरकारलाई वार्षिक कर भुक्तानी गर्नुपर्छ । तर, सताक्षीधाम मन्दिर विकास समितिले सरकारलाई कर समेत भुक्तानी नगरेको समिति कै एक सदस्यले बताए । अध्यक्ष प्रसाद सुब्बा नेतृत्वको समुह गैह्र कानुनी समिति भएको शिवसताक्षी नगरपालिकाले दावी गरेको छ ।

सुव्बाले समितिका अन्य साथीहरुको असहयोगका कारण काम गर्न नसकेको जिकिर गरेका छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार  ४ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]