बैशाख २१, २०८१ शुक्रबार

हल्दिबारीमा दलहरुको विरोधपछि जग्गा वर्गीकरण पुनरावलोकन गर्ने गाउँपालिकाको निर्णय

विर्तामोड । हल्दिबारीमा भू-उपयोग तथा जग्गा वर्गीकरण नीतिविरुद्ध तीव्र विरोध भएपछि गाउँपालिकाले भू-उपयोग तथा जग्गा वर्गीकरणसम्बन्धी सहजीकरण समिति गठन गरेको छ ।

हल्दिबारीमा वैज्ञानिक आधारमा जग्गा वर्गीकरण नभएको भन्दै राजनीतिक दलहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका थिए । जग्गा भू(उपयोग वर्गीकरणसम्बन्धी विषयमा गाउँपालिकामा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले बुझाएको ज्ञापनपत्रका मागहरूलाई संशोधन गर्दै गाउँपालिकाले अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा सो समिति गठन गरेको हो । जसको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईं रहेका छन् ।

त्यस्तै सदस्यहरूमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , सबै वडाध्यक्षहरू, क्रियाशील राजनीतिक दलका एक(एक जना प्रमुख तथा प्रतिनिधिलाई राखिएको छ । उक्त समितिले जग्गा वर्गीकरणसम्बन्धी आएका समस्याहरूको पहिचान गर्ने र समाधानका लागि अघि बढ्ने निर्णय गरेको छ ।

हल्दिवारी गाउँपालिकाको भू(उपयोग तथा जग्गा वर्गीकरण कार्यमा केही प्राविधिक समस्या देखिएकाले केही समयका लागि जग्गा अद्यावधिक सिफारिस कार्य स्थगित गरिएको छ । साथै ध्यानाकर्षण पत्रमा माग भए बमोजिमको कर्मचारीको नियुक्तिका सम्बन्धमा गाउँपालिकाले नियमबमोजिम कार्य गर्ने तथा रोकिएका आयोजनाहरूलाई स्रोत साधन र बजेटको उपलब्धता हेरी कार्यान्वयन गरिने समेत निर्णय गरिएको छ ।

प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार  ६ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]