बैशाख २३, २०८१ आईतबार

प्लान्ट निर्माण सकियो, फोहोर छुट्टाएर पठाउनु : कनकाई

बिर्तामोड । कनकाई नगरपालिकाले फोहोर वर्गीकरण गरेर पठाउन आम नगरवासीहरुलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीको प्लान्ट निर्माण भइसकेकोले वर्गीकरण गरेर फोहोर उपलब्ध गराउन आग्रह गरेको हो ।

कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृनिकाय र स्थानीय नागरिक समेतको लगानीबाट फोहोर मैलाको दीगो व्यवस्थापनका लागि निर्माण भएको फोहोरबाट ग्यास उत्पादन गर्ने ग्यास प्लान्ट निर्माण सम्पन्न भइसकेको कनकाईले जनाएको छ ।

प्लान्ट निर्माण सम्पन्न भइसकेको हुँदा बजारबाट र स्थानीय नागरिकको घरबाट उत्पादन भएको फोहोरलाई संकलन केन्द्रबाट नै अलग–अलग छुट्टयाएर संकलन गर्नुपर्ने भएकोले कुहिने, प्लास्टिकजन्य र बोतलजन्य फोहोर छुट्ट्याइदिन भनिएको छ । नगरपालिकाबाट फोहोर संकलन गर्न आउने सवारीमा वर्गीकरण गरेर पठाई दीगो फोहोर मैला व्यवस्थापनका लागि सहयोग गरिदिन कनकाई नगरापलिकाले आग्रह गरेको छ ।

उक्त परियोजनामा २२ करोड लगानी हुने ६० प्रतिशत लगानी तीन वटा स्थानीय पालिकाले व्यहोर्ने सहमति छ । बायोग्यास उप्पादनका लागि विश्व बैंकले रु. पाँच करोड ४६ लाख अनुदान दिएको थियो ।

एलपी ग्याँसको तुलनामा बायोग्याँस उपभोक्ताका लागि प्रति सिलिण्डर १५० रुपैयाँ सस्तो पर्ने बताइएको छ । चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार २०० घनमिटर बायोग्याँस उत्पादन गर्न सकिनेछ ।
उक्त प्लान्ट सञ्चालनका लागि फोहोर छुट्टाएर दिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : श्रावण २४, २०८० बुधबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]