बैशाख २९, २०८१ शनिबार

झापामा महंगियो टमाटर, पूर्वी नाकाबाट दुई दिनमा १३ हजार केजी निर्यात

बिर्तामोड । भारतीय टमाटर आउन छोडेपछि झापाको बजारमा टमाटरको मुल्यमा आकासिएको छ । स्थानीय उत्पादनमा कमि र भारतीय टमाटरको आयाम कम भएपछि मुल्य वृद्धि भएको व्यापारीहरुको भनाई छ ।

बिर्तामोडस्थित कृषिथोक बजार व्यवस्थापन समितिका सचिव एवम् टमाटरका होलसेल विक्रेता खगेन्द्र महतोले टमाटरको मुल्य वृद्धि भएको जानकारी दिए । उनका अनुसार टमाटरको मुल्य १५० देखि २०० रुपैयाँ प्रति केजी विक्री भइरहेको छ । टमाटरको प्रकृति अनुसार मुल्य निर्धारण भएको बताइएको छ ।

यहाँको बजारमा अहिले धनकुटा र पाँचथरबाट टमाटर आइरहेको छ । किसानले नै ९० देखि १२० रुपैयाँसम्म प्रति केजी टमाटरको मुल्य पाइरहेको व्यवसायी महतोको भनाई छ । गत आइतवार देखि भारतले समेत नेपाली टमाटर आयात गर्न थालेको छ । अक्टोवरसम्मका लागि भारतले नेपाली टमाटर आयात गर्ने सहमति गरेको छ । सोही अनुसार दुई दिनमा १३ हजार केजी टमाटर भारत निर्यात भएको छ । पहिलो दिन ९ र दोस्रो दिन ४ हजार केजी टमाटर भारत निर्यात भएको क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए । भारतमा विक्री गर्दा भारु पैसा ल्याउन समेत कठिनाई हुने व्यवसायी बताउँछन् ।

टमाटर निर्यातमा व्यापारीले प्रति ट्रक ११३ रुपैयाँ भन्सार तिरेर पठाउने गरेका छन् ।

प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]