बैशाख २३, २०८१ आईतबार

कनकाई स्ववियुद्वारा क्याम्पसमा डस्बिन वितरण

कन्काई । स्वतन्त्र विद्यार्थी युुनियन (स्ववियु) कन्काई बहुुमुुखी क्याम्पसले डस्बिन वितरण गरेको छ । झापाको सुरुङ्गा स्थित कनकाई क्याम्पसमा आज एक कार्यक्रमका बीच क्याम्पसका सम्पूर्ण कक्षा कोठाहरुमा अति आवश्यक परिरहेको डस्बिन व्यवस्थापन गरेर वितरण गरेको छ ।

कक्षाकोठा परिसरमा सरसफाई कायम राख्नका निम्ति आवश्यक परेको २५ थान डस्बिन कन्काई नगरपालिकासँगको सहकार्यमा स्ववियुुले क्याम्पसलाई वितरण गरेको हो ।

कन्काई बहुुमुुखी क्याम्पसका प्रमुुख विकास प्रसाद उप्रेतीलाई हस्तानतरण गर्र्दै डस्विन वितरण गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुुखज्यूूले स्ववियुुले निर्वाचित भए लगत्तैबाट विद्यार्थीको रचनात्मक तथा क्षमता वृद्धिका निम्ति विभिन्न उत्कृष्ट कार्यक्रम गर्दै आएकोमा यस डस्बिन वितरण मार्फत सिङ्गो क्याम्पसको सरसफाई लगायतका विषयमा समेत कदम चालेकोमा खुुशी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै स्ववियुु अध्यक्ष चेतन आचार्यले क्याम्पसमा विद्यार्थीहरुले कक्षाकोठामा डस्बिन नभएर फोहोर मैला व्यवस्थापन राम्रो हुुन नसकेको कुुरा बारम्बर उठाउँदै आएकाले स्ववियुुले आफ्नै पहलमा २५ थान डस्बिनको प्रबन्ध गरेर वितरण गरिएको बताए । यसैगरि क्याम्पसमा खेलकुुदका सामाग्रीहरु मध्ये फुुटबलको समेत अभाव भएकाले २ थान फुुटबल समेत स्ववियुुको तर्फबाट हस्तानतरण गरिएको थियो ।

प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार  ३ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]