बैशाख २६, २०८१ बुधबार

झापामा सुरक्षित गर्भपतन गराउने बढे

बिर्तामोड । झापामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भइरहेको पाइएको छ ।

परिवार नियोजन संघ झापाको तथ्यांक हेर्ने हो भने झापामा सन् २०२१ मा ९ सय ७१ जनाले सुरक्षित गर्भपतन गराएका थिए । सन् २०२२ मा सो संख्या बढेर १ हजार २ सय १५ पुगेको थियो । यसैगरी सन् २०२३ के पछिल्लो सात महिनामा ७ सय १५ जनाले सुरक्षित गर्भपतन गरेका तथ्याङक छ ।

सन् २०२३ को जेनेवरी महिनामा सुरक्षित गर्भपतन गराउनेको संख्या ९१ थियो भने फेब्रेवरी महिनामा १ सय १७ जनाले र मार्च महिनामा १ सय ४१ जनाले सुरक्षित गर्भपतन गराएका थिए । यसैगरी अप्रिल महिनामा ७२ जनाले, में महिनामा ९६ जनाले, जुनमा १ सय २९ जनाले र जुलाईमा ६९ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

परिवार नियोजन झापामा प्रमुख विज्ञ किशोर सिंहले आजभोली सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि हुनुमा जनचेतनाको वृद्धिले भएको बताए । उनले जनचेतनाको अभावमा अझैं पनि मानिसहरु अवैध तरिकाले असुरक्षित गर्भपतन गराइरहेको बताए । यसरी अवैध रुपमा गरिएको गर्भपतनको तथ्यांक परिवार नियोजन झापासँग नहुने प्रमुख सिंहले जानकारी दिए ।

उनले असुुरक्षित यौन सम्पर्क र गर्भपतनलाई न्यूनीकरण गर्न झापा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।

 

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]