बैशाख २६, २०८१ बुधबार

बिर्तामोडमा डेंगी विरुद्ध विषादी स्प्रे सुरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाले डेंगी नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ ।

नगरपालिकाले आज वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगीको प्रकोप बढ्न थालेपछि यसको नियन्त्रणका लागि लामखुट्टे र लार्भा नष्ट गर्न विषादी स्प्रे गर्न सुरु गकिएको वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले जानकारी दिए ।

विषादी छर्न वडा नम्बर ५ मा ३ दिन लाग्ने जनाइएको छ । तालिका अनुसार सबै वडामा पुगेर तालिम प्राप्त प्राविधिकहरुले विषादी स्प्रे गर्ने नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विष्टले जानकारी दिए । विषादी स्प्रे गर्नका लागि २ जना व्यवस्थापक र १२ जना प्राविधिक गरि १४ जना खटिएका छन् ।

बिर्तामोडमा शुक्रबारसम्मको तथ्यांक अनुसार ९० जनामा डेंगु संक्रमण भएको नगरका सिनियर अहेब अधिकृत दिपक सापकोटाले जानकारी दिए । डेंगीका कारण २ जनाले ज्यान गुमाइसकेका छन् । उनका अनुसार पानी झरीका कारण यसअघि विषादी स्प्रे गर्न सकिएको थिएन ।

प्रकाशित मिति : श्रावण २७, २०८० शनिबार  १२ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]