बैशाख २७, २०८१ बिहीबार

चाँदनी सहकारीद्वारा कृषकलाई दुधमा अनुदान

शनिश्चरे । अर्जुनधारा – ४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाले ३७४ जना दुध उत्पादक कृषकलाई अनुदान वितरण गरेको छ ।

शनिबार स्थानीय विन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवण हलमा संस्थाको आयोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको आर्थिक सहयोगमा दुध उत्पादनका आधारमा प्रति लिटर दुधको मूल्य ६० रुपैयाँबाट २ रुपैयाँ बोनस गरि जम्मा २ लाख ६५ हजार रुपैयाँ दुध उत्पादकहरुलाई अनुदान वितरण गरेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका पशु विकास अधिकृत गणेश भट्टराईको प्रमुख आतिथ्यतामा मञ्जु दाहाल, रविन पौडेल, रीता कटुवाल, प्रकाश रोक्का, हर्क आछामे, पवित्रा काफ्ले, प्रकाश अधिकारी, चेतना रिमाल, शिवप्रसाद विष्ष्ट, तुलसी श्रेष्ठ, लोकनाथ घिमिरे, हरि लम्साल, छत्र लिम्बू, मोहन थापा, तारा बस्नेत, हरिप्रसाद गौतम, शिवलाल धमला,अमृता शिवाकोटी लगायत ३७४ जनालाई ०७९ माघ १ गतेदेखि ०८० जेठ ३० गतेसम्मको अनुदान वितरण गरिएको संस्थाका सहसचिव मणि भण्डारीले जानकारी दिए ।

यस अघि संस्थाले ०७९ साउन १ गते देखि पुस ३० गतेसम्मको ३२७ जना दुध उत्पादक कृषकलाई ३ लाख १५ हजार रुपैयाँ अनुदान वितरण गरिसकेको बताइएको छ । संस्थाका अध्यक्ष याम बहादुर दाहालको सभापतित्व रहेको कार्यक्रममा सदस्य देवेन्द्र मैनालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराई, अर्जुनधारा नगरपालिका पशु पंक्षी विकास शाखाका प्रमुख पदमलाल राई, नगर परिषद सदस्य गौरीमाया चिमरिया, संस्थाका सल्लाहकार संयोजक बेदप्रसाद घिमिरे, सचिव प्रेम कार्की, कृषक ज्ञानबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : श्रावण २७, २०८० शनिबार  ४ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]