बैशाख २९, २०८१ शनिबार

भारतमा टमाटर बेच्दा बिर्तामोडका एक व्यापारीलाई ११ लाख नोक्सान

बिर्तामोड । झापा बिर्तामोडका एक व्यवसायीले ५ पिकअप टमाटर विक्री गर्दा उल्टै ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् । नोक्सानी व्यहोर्नेमा बिर्तामोडस्थित कृषिथोक बजारका खगेन्द्र महतो रहेका छन् ।

व्यापारी महतोले भारतमा टमाटर विक्री गर्ने हुँदा उक्त नोक्सानी व्यहोर्नु परेको छ । टमाटर विक्री गरेर नेपाल फर्किने क्रममा महतोलाई सशस्त्र प्रहरी गुल्म काँकडभिट्टाले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो । टमाटर बेचेर भारतीय रुपैयाँ साढे ३ लाख लिएर फर्किने क्रममा महतोलाई सशस्त्रले प्रतिबन्धित नोट बोकेको कारण नियन्त्रणमा लिएको थियो ।

भारतीय बजारमा टमाटर विक्रि गरेर फर्किने क्रममा महतो गत साउन २४ गते राती साढे ८ बजे मेची पुलमा पक्राउ परेका थिए । सोही दिन मध्यरातमा सशस्त्रले महतोलाई राजश्व अनुसन्धान इटहरी पुराएको थियो । सशस्त्रले भन्सारको कागज ल्याउन भनेपछि महतोले भन्सार गरेको कागजात पनि बुझाएका थिए । तर, सशस्त्रले प्रतिवन्धित नोटको आधारमा इटहरी पुराएको थियो ।

भन्सार गरेर ११ हजार ४ सय केजी टमाटर भारतीय बजारमा विक्री गरेर फर्किने क्रममा महतोले साढे ३ लाख भारु बोकेर आएका थिए । उनले भारु १, २ र ५ सयका नोट ल्याएका थिए । १ सयभन्दा माथिको भारतीय रुपैयाँ नेपालमा प्रतिवन्धित छ । उनले ल्याएका नोट प्रतिबन्धित भएका कारण उनी पक्राउ परेका हुन् ।  महतोले राजश्व अनुसन्धान इटहरीमा ५ लाख ६० हजार ५२५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

भन्सार मुल्यका आधारमा मात्रै बैंकबाट कारोवारको रकम ल्याउन नसकिने भन्दै महतोले कृषि वस्तुको पैसा आयात गर्दा सटही काउन्टरसम्म ल्याउन दिनुपर्ने बताएका छन् । किसानको ठुलो रकम गुमाउनु परेको गुनासो गर्दै किसानलाई कारोवारमा सहज बनाइदिन आग्रह गरेका छन् । उनले पैसाको आधिकारिकता बुझाउदा समेत उल्टै धरौटी बुझाउनु परेको बताए ।

भारत सरकारले २०२३ अगस्ट ५ देखि टमाटर आयात सुरु गरेको थियो । त्यसको दुई दिन पछि नेपाली व्यापारीहरुले टमाटर निर्यात गर्न थालेका थिए । भारत सरकारले अक्टोवरसम्म टमाटर आयातको लागि खुला गरेको छ । भारत निर्यात भएकै कारण महंगिएको टमाटर विस्तारै मुल्य घट्दै जाने व्यवसायीहरु बताउछन् ।

पछिल्लो समय टमाटर विक्रीको रकम ल्याउन नसकेको महतोले जानकारी दिए । उनले टमाटर पठाएर हिसाव गर्दै बसनेपरेको प्रतिक्रिया दिएका छन् । किसानलाई पैसा दिन नै कठिनाई भएको उनको भनाई छ ।

प्रकाशित मिति : श्रावण २८, २०८० आईतबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]