बैशाख २६, २०८१ बुधबार

औषधी तथा बिक्री प्रतिनिधि संघले मनायो स्थापना दिवस

बिर्तामोड । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) मेची इकाइ समितिले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी संस्थाको ५४ औं स्थापना दिवस मनाएको छ ।

संस्थाले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर, खाद्यन्न वितरण, मोटरसाइकल ¥याली तथा केक काटेर स्थापना दिवस मनाएको हो । संस्थाले बिर्तामोड नगरपालिकामा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । स्वास्थ्य शिविरमा वृद्धाश्रममा रहेका ४० जनाको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा डाक्टरहरु उज्जवल देव र प्रविन मण्डलले वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षण र औषधी वितरणपछि संस्थाले वृद्धाश्रममा चामल, तेलसहितका खाद्यन्न र चप्पल सहयोग गरेको नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ मेची इकाइका अध्यक्ष विनोद राजवंशीले जानकारी दिए । स्वास्थ्य शिविरको संयोजन गर्ने जिम्मेवारी संस्थाका उपाध्यक्ष रोशन चौधरी र सहसचिव सर्वेन्द्र राजवंशीले गरेका थिए ।

स्वास्थ्य शिविरअघि संस्थाका सदस्यहरुले मोटरसाइकल ¥यालीमार्फत बिर्तामोड नगर परिक्रममा गरेका थिए । संस्थाको ५४ औं स्थापना दिवसको अवसरमा केक काटेर शुभकामना आदानप्रदान समेत गरिएको थियो । यी सबै कार्यक्रम संस्थाका अध्यक्ष बिनोद राजवंशीको अध्यक्षता, संस्थाका केन्द्रीय सचिव डुपेन्द्र रिजालको प्रमुख तथा केन्द्रीय सदस्य भुपाल निरौलाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाका सहसचिव ललनकुमार झाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार  १ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]