बैशाख २०, २०८१ बिहीबार

बिर्तामोड-भद्रपुर सडक खण्ड : अब केदार गिरीलाई निर्माणको जिम्मा

बिर्तामोड । बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको जिम्मा बिर्तामोड कै निर्माण व्यवसायी केदार गिरी पाएका छन् । उनको कञ्चन निर्माण सेवाले नयाँ सम्झौताको तयारी गरेको छ ।

निर्माणमा ढिलाई गर्ने राजकिशोर गुप्तासँगको सम्झौता खारेज गरेर गिरीसँग सम्झौताको तयारी भएको छ । सडक निर्माणको सम्झौता गर्ने कम्पनी आशिष–प्रेरा जेभीले पेटी कन्ट्याक्टमा गुप्तालाई काम दिएको थियो । निर्माणमा ढिलाई गरेपछि गुप्तालाई हटाइएको छ ।
कञ्चन निर्माण सेवाले आज विहानैबाट काम समेत थालेको छ । स्थानीय ठेकेदारलाई निर्माणको काम दिँदा स्थानीय दवावले पनि छिट्टै काम सक्ने बुझाई भएपछि उनलाई निर्माणको जिम्मेवारी दिइएको हो । ०७५ असार २४ निर्माणको सम्झौता गरेको कम्पनीले ०७६ असोज २३ गते सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

२७ करोडको ठेक्का पाएको आशिष–प्रेरा जेभीले पेटी कन्ट्याक्ट मार्फत काम गराउँदै आएको छ । गुप्तासँगको पहिलो सम्झौतामा काम नभएपछि गिरीलाई जिम्मा लगाइएको छ । आवश्यक सामग्री र पर्याप्त स्रोत साधन भएको कञ्चन निर्माण सेवाले छिट्टो काम सक्ने विश्वास लिइएको छ ।

केहि समयदेखि सडकको अवस्था विजोग भएपछि यहाँका सरोकारवाला व्यापाक विरोधमा उत्रिएका छन् । सम्झौता अनुसार काम गर्ने नदेखिएपछि सरोकारवालाले स्थानीय सरकार मार्फत निर्माण व्यवसायीलाई दवाव दिदैं आएका थिए । आशिष–प्रेरा जेभीले गरेको सम्झौता अनुसार काम सक्न लगभग ५० दिन मात्र बाँकी छ । अहिलेकै अवस्थामा ५० दिनभित्र सडक निर्माणको काम सम्पन्न गर्ने नदेखिए पछि स्थानीय व्यवसायी निर्माण व्यवसायीलाई जिम्मा दिइएको हो । गुप्ताले गरेको कामको मुल्याङकन कञ्चन निर्माण सेवाले बाँकी काम गर्ने बताइएको छ ।

निर्माणमा चरम लापरबाही भइरहेको बिर्तामोड–भद्रपुर सडक खण्डमा नयाँ सम्झौता अनुसार काम शुरु गरेका गिरी कुनै बहानामा काम ढिलाई गर्न नमिल्ने बिर्तामोडबासीको माग छ । यहाँका स्थानीयवासीले निर्माण मापदण्ड अनुसार पुरा गर्न समेत आग्रह गरेका छन् । हालसम्म निर्माण भएका संरचना समेत सच्याउन माग गरिएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार  १ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]