चैत्र १५, २०८० बिहीबार

प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् ।

परीक्षणपछि आजै निवास फर्किने योजना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा भइरहेको छ । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन् ।

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् । प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको विकल्पबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]