बैशाख २८, २०८१ शुक्रबार

कर वृद्धि स्थगन गर्ने बिर्तामोडको निर्णय

बिर्तामोड । बिर्तामोड नगरपालिकाले चालू आर्थिक वर्षको लागि पारित गरेको सम्पत्ति करको वृद्धि र बिस्तारलाई स्थगन गरेको छ । आज बसेको कार्यपालिका बैठकले अघिल्लो आ.व अनुसारकै कर संकलन गर्ने निर्णय गरेको हो ।

स्थानीय करदाताबाट उठेका गुनासाहरु, देशकै आर्थिक धरासयीको अवस्था, बजारको प्रतिकुलता र जनतामा आएको नैरास्यता समेतलाई ध्यानमा राख्दै कर वृद्धिलाई स्थगन गरिएको नगर प्रमुख पवित्रादेवी महतराले जानकारी दिइन् । उनले सम्पत्ति करलाई साविक बमोजिम कायम गर्दा वडा तथा नगरका योजना प्रभावित हुने बताइन् ।

प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार  ११ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]