बैशाख २८, २०८१ शुक्रबार

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामामै ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार  १२ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]