पितृमोक्षका लागि हजारौं परिवार अर्जुनधारामा (फोटो फिचर)
पितृमोक्षका लागि आइतवार जाग्राम बसेर अर्जुनधाराधाममा आज विहान शतवीज छरी बालाचतुर्दशी मनाइएको छ । विभिन्न ठाउँबाट आएका नागरिकले रातभर पितृको नाममा दिप बालेका छन् । हरेक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । दिपदान सहित शतबीज छर्न आएका हजारौं परिवार तस्वीरमा यस्तो देखिए ।