बैशाख २२, २०८१ शनिबार

स्वर्णाकार समाज झापाको सपथ ग्रहण कार्यक्रम सम्पन्न

कनकाई । नेपाल स्वर्णाकार समाज झापाको सपथ ग्रहण, बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई–४, कोटीहोम स्थित निरौला बन्धुको सभाहलमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले पदभार सहित सपथ ग्रहण गरेको हो । आगामी दुई वर्षे कार्यकालकालागी यस अघि नै भएको साधारण सभामा अध्यक्ष बाहेकका अन्य सबै पदहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको थियो ।

समाजको सर्वसम्मत नेतृत्व चयनकालागी उपेन्द्र प्रधानको संयोजकत्वमा मनोज रौनियार सदस्य रहेको निर्वाचन मण्डलले हदैसम्मको प्रयास गरेपनि सर्वसम्मत हुन नसकेपछि दुई महिना अघि नै गत जेठ ३२ गते अध्यक्ष पदकालागी निर्वाचन भएको थियो । स्वर्णाकार समाजका तर्फबाट अध्यक्ष पदकालागी ३ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए ।

अध्यक्ष पदकालागी उम्मेद्वारी दर्ता गराउँनेहरुमा क्रमशः अनिलकुमार शाह, विजय श्राफ र शिवनाथ शाह रहेको निर्वाचन समितिका संयोजक उपेन्द्र प्रधानले जानकारी दिए । तीन जना विच भएको निर्वाचनमा अनिलकुमार शाहले सबैभन्दा बढी मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । विर्तामोडको हिकोलाहेरिटेज नजिकैको रुद्र मार्केटमा लक्ष्मी भेराइटिज संचालन गर्दै आएका शाह पछिल्लो समय सामाजिक क्षेत्रमा समेत त्यत्तिक्कै क्रियाशिल हुँदै आएका छन् ।

नव निर्वाचित अध्यक्ष शाहसँगै १५ सदस्य कार्यसमितिले पूर्णता पाएपछि एक विशेष समारोहका बीच कोटीहोम क्षेत्रमा पद तथा सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा ललितकुमार शाह, उपाध्यक्षमा दिनेश शाह, महासचिवमा किशनकुमार सोनी, सचिवमा चन्दन शाह र कोषाध्यक्षमा निरन्जन शाह सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ । समाजको सदस्यहरुमा क्रमशःमहिला सदस्यमा अनिशा शाह र रिनादेवी शाह साथै अन्य सदस्यहरुमा कनैया शाह, दिपककुमार शाह, शुभम शाह, विनय गुप्ता, अभिषेक श्राफ, आशिस सोनी, श्रावनकुमार शाह चयन भएको बताइएको छ । नवनिर्वाचित अध्यक्ष शाहलाई संस्थापक अध्यक्ष कृष्ण श्राफले सपथ खुवाएका थिए भने अन्य पदाधिकारी सहित सदस्यहरुलाई अध्यक्ष शाहले सपथ खुवाएका थिए ।

नवनिर्वाचित अध्यक्ष अनिलकुमार शाहको सभापतित्व रहेको कार्यक्रममा कनकाई छठसेवा समाजका अध्यक्ष राजकिशोर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सहित कार्यसमितिको सफलताको कामना गर्दै प्रमुख अतिथी चौधरीले स्वर्णाकार समाज झापाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए ।

समाजका संस्थापक अध्यक्ष कृष्ण श्राफले स्वागत तथा वरिष्ठ उपाध्यक्ष ललितकुमार शाहले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा झापा जिल्लाको विभिन्न स्थानमा बसोबास गर्दै आएका स्वर्णकार जातीहरुको सभागीता रहेको थियो ।संस्थापक अध्यक्ष समेत रहेका श्राफले स्वर्णाकार जातिहरुको एकता र सद्भावकालागी पाँच वर्ष अघि अत्यन्तै मिहिनेतका साथ स्थापना गरिएको संस्थाले आगामी दिनमा थप रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिए । संस्थापक अध्यक्ष श्राफले स्थापनाकालदेखी नै संस्थाले जमिनको व्यवस्थापन गरेर एउटा सामुदायिक भवन निर्माण गर्ने उद्येश्य राखेको जानकारी दिए । जसलाई पूर्णता दिनकालागी संस्थापक अध्यक्षकै संयोजकत्वमा भवन निर्माणकालागी जमिन व्यवस्थापन उपसमिति निर्माण गरिएको बताइएको छ । सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि संचालन गर्दै आएको संस्थाले आगामी दिनमा स्वर्णाकार समाज अन्तर्गतका महिला साथै युवा समूहलाई समेत संगठित गरेर अघि बढ्ने जनाइएको छ ।

कार्यक्रमका अवसरमा स्वर्णाकार समाज अन्तर्गत झापाका विभिन्न शाखामा आवद्ध रहेका अग्रज व्यक्तित्वहरुलाई विशेष सम्मान गरिएको संस्थाका महासचिव किसनकुमार सोनीले जानकारी दिए। सम्मानकै क्रममा निवर्तमान अध्यक्ष जयप्रकाश शाहलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई छठसेवा समाजका अध्यक्ष राजकिशोर चौधरीको हातबाट सम्मान गरिएको थियो भने वर्तमान अध्यक्ष अनिलकुमार शाहलाई संस्थापक अध्यक्षको हातबाट सम्मान गरेको महासचिव सोनीले जानकारी दिए । यसैगरी संस्थाको सल्लाहकारका रुपमा निवर्तमान अध्यक्ष जयप्रकाश शाह र देवचन शाहलाई चयन गरिएको बताइएको छ । औपचारिक कार्यक्रमको संचालन महासचिव सोनीले गरेका थिए ।

 

प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]