बैशाख २२, २०८१ शनिबार

चोरी गर्दागर्दै दुई जना पक्राउ

बिर्तामोड । कनकाई नगरपालिका–१ प्रजापतिमा एक घरमा चोरी गर्दागर्दै दुई जना चोर पक्राउ परेका छन् । स्थानीयको घरमा राखेको काठको बटम घरबाट झिकेर चोरी गर्दैगरेको अवस्थामा झापा कनकाई नगरपालिका–४ का २३ वर्षीय सरोज आले मगर र सोही ठाउँ बस्ने २५ वर्षीय अशोक आले मगरलाई काठ चोरी गर्दैगरेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले तत्काल घटनास्थलमा पुगी दुवै जनालाई चोरी गरेको काठ र साइकलसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताउनुभयो । पक्राउ परेका दुवै जना लागूऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको भनाइ छ ।

उनीहरूले चोरी गरेको काठ सुरुङ्गाकै काष्ठ फर्निचरमा लगेर विक्री गर्नेगरेको बयान दिएका छन् । पक्राउ गरिएका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड लगिएको छ । नजिकिँदो चाडपर्वसँगै स्थानीयको खसी कुखुरा र काठ, मोबाइल चोरीका घटना बढेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका छन् ।

–गोरखापत्र

प्रकाशित मिति : भाद्र ३, २०८० आईतबार  १ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]