बैशाख २१, २०८१ शुक्रबार

हुलाकी राजमार्ग मर्मत गर्न हल्दीबारी बासीले गरे श्रमदान

बिर्तामोड । हल्दीबारी स्थित हुलाकी राजमार्ग अन्तर्गत भद्रपुर राजगढ जोडने सडक खण्ड ठाउँ–ठाउँमा भत्किएपछि स्थानीयले जनश्रमदान गरी मर्मत गरेका छन् । स्थानीय युवाको सक्रियता र प्रवासी नेपाली समाजको सहयोगमा हल्दिबारी गाउँपालिका– ३ देखि ५ सम्मको हुलाकी राजमार्गको खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने कार्य गरिएको छ ।

हल्दिबारी– ३ स्थित भुसुडि पुलदेखि वडा नम्बर ५ को भुतेनी पुलसम्मको भागमा सडक मर्मत गरिएको स्थानीय युवा नीरप्रसाद अधिकारीले जानकारी दिए ।

स्थानीय युवाहरूले गरेको जनश्रमदानमा हल्दिबारी ५ नम्बर वडा कार्यालयबाट १५ बोरा सिमेन्ट, स्थानीय मदन तामाङबाट १ ट्याक्टर मिक्स गिटी र सामाग्री ढुवानी गर्न ४ नम्बरका वडा सदस्य सुनिल बाराकोटिले ट्याक्टर उपलब्ध गराएका थिए भने ४ नम्बरका वडा अध्यक्ष सन्तकुमार थापाले व्यक्तिगत रूपमा २५ सय सहयोग गरेको स्थानीय युवा अधिकारीले बताए।

ठाउँ –ठाउँमा सडकमा खाल्डाखुल्डी भएकाले हुन सक्ने दुर्घटनालाई कम गर्न, सडकलाई थप क्षति हुन नदिन सर्वसाधारणलाई समेत स–साना काम नागरिक स्तरबाट पनि सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको स्थानीय युवा उद्देश मोक्तानले बताए।

 

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  ३ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]