जेष्ठ ६, २०८१ आईतबार

अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले आगमन अनुमती नदिदाँ नेपालको पर्यटनक्षेत्रमा असर

लक्ष्मी उप्रेती
मेचीनगर । कोरोना भाइरस संक्रमणको महामारीका कारण पर्यटकीय गतिविधि ठप्प थियो । ११ चैत २०७६ देखि सुरु भएको बन्दाबन्दी (लकडाउन) लम्विएपछि देशभरका होटल व्यवसायीहरूले आफ्ना सबै कर्मचारीलाई बिदा दिए । पछिल्लो समय कोभिड विस्तारै नियन्त्रणमा आए पनि पूर्वका पर्यटन व्यवसायी र पर्यटकीय स्थल पुरानै लयमा अझै पनि फर्किन सकेका छैनन् ।


नेपाल प्रवेशको सुदूरपूर्वकोद्वार काँकरभिट्टासँग सोझै जोडीएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञ ‐आगमन अनुमती ) नदिएका कारण पूर्वीनाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहल पहल खासै नभएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ ।

कोभिडका कारण नेपाल तथा भारतीयपक्षले आवतजावतमा कडाई गरे पनि पछिल्लो समयमा नेपाल घुम्न आउने पर्यटकलाई नेपालतर्फ कुनै समस्या नभएको, निर्वाधरुपमा नेपाल घुम्न सक्ने अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भटट्राईले जानकारी दिनुभयो । कोभिड महामारीका कारण नेपाल घुम्न लगाईएको रोक पछि कोभिड विरुद्घको खोप लगाएपछि खोप कार्डका आधारमा क्रमस सहज भएपनि अहिले नेपाल सरकारले कोभिड विरुद्घको खोप खोप कार्ड अनिवार्य नगरेको कार्यालय प्रमुख भट्टराईको भनाई छ । तर,पूर्वीनाकाहुँदैं पैदलमार्ग भएर आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञ ‐आगमन अनुमती) नदिदाँ त्यसको असर सोझै नेपाली पर्यटनको क्षेत्रमा परेको नेपाली पर्यटन व्यवसायीहरुको भनाई छ ।

यस विषयमा नेपाल तथा भारततर्फका अधिकारीहरुको औपचारिक तथा अनौपचारिकरुपमा पटक पटक छलफल भए पनि सुरक्षाको कारण देखाएर भारतीय अध्यगमन कार्यालयले प्रवेशाज्ञ ‐आगमन अनुमती) नदिएको बताईएको छ । ‘कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आउने र सवै भिसा दिन बन्द गरेको छ ’ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष श्रेष्ठले भन्नुभयो—‘कोभिडको असर क्रमस नियन्त्रणमा आएर सहज बनेपछि भारततर्फको नाकालाई सहजका लागि पहल गरीदिनका लागि कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयमा समेत आग्रह गरियो तर, समस्या ज्यूँ का त्यूँ छ ।’

नागरिक उड्ड्यन तथा पर्यटन मन्त्री सुदन किराँतीलाई भेटेर संस्थाले यो समस्याका बारेमा समेत जानकारी गराएको निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा समेत यो विषयमा जोडदार छलफल भए पनि समस्याको समाधान हुन नसकेको बताईएको छ । दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका युवा नेता राजु विष्टलाई समेत भेटेर पटक पटक यस विषयमा जानकारी गराईएको निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस विषयमा भारतीय सञ्चारकर्मीहरुलाई समेत जानकारी गराईको छ । समस्याको समाधान नभएको पर्यटन व्यवसायीहरुको भनाई छ ।

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रोमुलुक तथा बंगलादेशी पर्यटकहरुको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटनक्षेत्रमा ठूलो क्षति पुगेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको भनाई छ । समाचार शुत्रका अनुसार ‐ओसिआई) ओभरसिज सिटिजन अफ इण्डिया ‐प्रवासी भारतीय नागरिक कार्ड) भएकाहरुमात्र भारतीयभूमि भएर पैदलमार्गहुदैँ नेपाल आउने गरेका छन्् । विदेशीले काठमाडाँै, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव (नवराज)) नविन खरेलको भनाई छ । अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सवैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए ।

आठमहिनामा काँकरभिट्टा नाका भएर ९,५६४ जना पर्यटकले अवातजावत गरे

अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईका अनुसार सन् २०२३ को जनवरी १ देखि २०२३ अगष्ट २२ तारीख वा मंगलबारसम्म काँकरभिट्टानाका भएर २१ वटा देशका ९ हजार ५ सय ६४ जना पर्यटकले अवातजावत गरेका छन् । कार्यालयको तथ्याङ्क अनुसार यो अवधिमा ३ हजार ४ सय १४ पुरुष र १ हजार ७ सय ८३ महिला गरी ५ हजार १ सय ९७ जना पर्यटक काँकरभिट्टानाका भएर नेपाल घुम्न आएका थिए । नेपालभित्रिनेमा सवैभन्दाबढी २ हजार ४ सय १७ पुरुष र ९ सय ५१ महिला गरी कुल ३ हजार ३ सय ६८ जना नेपाली छन् । दोस्रोमा १ हजार ७ सय २९ जना भुटानी नागरिक नेपाल आएका छन् । जस्मा ९ सय ३६ जना पुरुष र ७ सय ९३ जना महिला छन् ।

अष्ट्रेलियाबाट ७ पुरुष र ५ महिला गरी कुल १२ जना, बंगलादेशबाट १० पुरुष र २ महिला गरी कुल १२ जना क्यानडाबाट ३ पुरुष र ४ महिलागरी कुल ७ जना, चीनबाट २ जना पुरुष, फिनल्याण्डबाट २ पुरुष र १ महिला गरी ३ जना, भारतबाट १३ पुरुष र ३ महिलागरी १६ जना,नेदरल्याण्डबाट ३ जना पुरुष, फिलिपिन्स, रसिया, सिंगापुर र थाईल्याण्डबाट एक ÷एकजना महिला , दक्षिण कोरीयाबाट ३ जना महिला, युकेबाट ६ पुरुष ५ महिला गरी कुल ११ जना, युएसएबाट १४ पुरुष तथा १२ महिला गरी २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन् ।

यसैगरी सोहि अवधिमा २ हजार ८ सय ९३ पुरुष र १ हजार ४ सय ७४ महिला गरी कुल ४ हजार ३ सय ६७ जना काँकरभिट्टा नाका भएर बाहिरीएका छन् । बाहिरीनेमा पनि सबैभन्दा बढी नेपाली१ हजार ७ सय ५४ पुरुष र ५ सय ४५ महिला गरी २ हजार २ सय ९९ जना छन् । १ हजार ९ पुरुष तथा ८ सय ७३ गरी कुल १ हजार ८ सय ८२ जना भुटानी नागरिक बाहिरीएका छन् ।

समाचार स्रोत भन्छ —‘भारतीय भूमिहुदैँ नेपाल जाने तथा नेपालबाट भारततर्फ आवतजावत गर्ने पर्यटकहरुमा ‐ओसिआई )ओभरसिज सिटिजन अफ इण्डिया ‐प्रवासी भारतीय नागरिक कार्ड) भएका हुनुपर्छ । यो कार्ड विना भारतीयपक्षले यस्ता पर्यटकलाई अनुमती नै दिर्दैन् ।’ सिरिया, अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाईवेरिया, ईथोपिया, क्याम्ब्रन, सोमालिया, प्लेस्टाईन, स्वीजरल्याण्ड १२ मुलुकका पर्यटकबाहेक बाकीलाई अध्यगमन कार्यालय काँकरभिट्टाले नेपाल प्रवेशको भिसा दिने गरेको कार्यालय प्रमुख भट्टराईको भनाई छ ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ११ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]