चैत्र १५, २०८० बिहीबार

कनकाई क्याम्पसको समस्या समाधान गर्न नेकपा झापाले बनायो वार्ता समिति

बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङाको समस्या समाधानका लागि नेकपा झापाले वार्ता समिति बनाएको छ । ३ सदस्यीय वार्ता समितिमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, सचिव विजय साम्पाङ र कनकाई इञ्चार्ज गोपाल प्रसाई रहेका छन् ।

सहप्राध्यापक हरि तिम्सिनालाई विना कारण क्याम्पसबाट हटाएपछि शुरु भएको विवाद अझै समाधान हुन सकेको छैन । प्राध्यापकको पुर्नबहाली माग गर्दै प्राध्यापक र विधार्थीले आन्दोलन गर्दा सञ्चालक समितिबाट सुनुवाई नभएपछि दुई महिनादेखि क्याम्पस प्रभावित भएको छ ।

आन्दोलन कै क्रममा सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडाललाई कालो मसो समेत दलेपछि समस्या झनै बढेको छ । क्याम्पसमा उत्पन्न विवादले विधार्थीको भविष्यमा नै समस्या हुने देखिएपछि वार्ताको माध्यमबाट समाधान गर्न समिति बनाएको नेकपाका नेता शिव ढुङगेलले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]