बैशाख २१, २०८१ शुक्रबार

बुद्धशान्तिमा लम्पी स्किन रोग विरुद्ध भ्याक्सिन लगाउन थालियो

बुद्धशान्ति, भदौ ६ । बुद्धशान्ति गाउँपालिकामा किसानहरुले पालेको पशुमा लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । आर्थिक विकास समितिको सिफारिसमा बुद्धशान्ति गाउँपालिका गाउँ कार्यपालिकाको साउन ३२ गतेको निर्णय बमोजिम साझेदारीमा किसानले पालेको पशुमा आजदेखि लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउन थालिएको हो ।

पहिलो चरणमा बुद्धशान्ति वडा नम्बर १,६ र ७ मा आजदेखि खोप लगाउने कार्य सुरु भएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता समेत रहेका आर्थिक विकास समिति संयोजक अनिल वाग्लेले जानकारी दिए । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका आर्थिक विकास समिति संयोजक वाग्लेले ती वडामा खोप लगाउने कार्य सम्पन्न भए लगत्तै बाँकी ४ वटै वडाहरुमा पनि खोप कार्यक्रम चल्ने जानकारी दिए ।

पशुधन संरक्षण गर्न गाउँपालिकाले सो अभियान सञ्चालन गरिएको उनले बताए । खोप लगाउँदा प्रति पशु किसानले पचास रुपैँया र बाँकी एक सय दश रुपैँया गाउँपालिकाले बेहोर्ने गरी कार्यक्रम सुरु गरिएको पालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]