बैशाख २४, २०८२ बुधबार

धार्मिक महोत्सवको भेटी गन्न थालियो

बिर्तामोड । सताक्षीधाम धार्मिक महोत्सवमा संकलन गरिएको भेटीको आज विहानैदेखि गणना गर्न थालिएको छ । कात्तिक २७ गतेदेखि आयोजना गरिएको धार्मिक महोत्सव मंसीर ९ गते सकिएको छ ।

धार्मिक महोत्सव सकिएपछि विभिन्न स्थानमा चढाइएको भेटीको हिसाव व्यवस्थित गर्न थालेको महोत्सव आयोजक समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । गोवद्र्धन पर्वत, पुष्प भेटी र दानपत्र मार्फत चढाइएको भेटी संकलन गरेर स्थानीय स्वयमसेवकले गणना गरिरहेको पोर्तेल बताए ।

१० जनाभन्दा बढि स्वयम सेवकले गणना गरिरहेको उनको भनाई छ । पोर्तेलका अनुसार २ दिनमा मात्रै गणना सकिने छ । भेटीको हिसाव तयार गरेपछि महोत्सवको आम्दानी र खर्च सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  २ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]