जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडमा किशोरीलाई २५ लाखको अफर !

बिर्तामोड । विभिन्न सामाजिक सञ्जालबाट ठगि हुने घटना नौलो होइन । प्रहरीले ठगि गर्नेलाई कारवाहीको दायरामा पनि ल्याइरहेको छ । तर, यति हुँदा पनि भारतीयले नेपालीलाई ‘महामुर्ख’ ठानेर ठग्ने प्रयास गरिरहेका छन् । मंगलवार बिर्तामोडमा एक किशोरीलाई त्यसै गरी २५ लाखको अफर आयो ।

गौरीगञ्ज गाउँपालिका–१ कि एक किशोरीलाई इमोमा मंगलवार बिहानै भारतीय नम्बरबाट फोन आयो । बिर्तामोडमा अध्यननरत ति किशोरीलाई २५ लाख रुपैयाँ लोटरीमा परेको भन्दै व्यस्तता देखाउदैं भारतीय युवकले जानकारी दिए । उनलाई यसरी ठगि हुने बारे जानकारी भएपनि यसबारे अन्जान जस्तै भएर विभिन्न जानकारी लिन खोजिरहिन् ।

पहिलो पटक जानकारी दिनेले भने –(हिन्दीबाट) तपाईको इमो नम्बरमा लोटरी परेको छ, २५ लाख । यो पैसा लिनका लागि हाम्रो मान्छेलाई सम्पर्क गर्नुहोला । यति भनेर फोन राखे । कार्कीले भनिन्, के चै रहेछ भनेर उस्ले दिएको अर्को नम्बरमा आफै सम्पर्क गरिन् । मैले यो सबै ठगि भन्ने बुझेरै जानकारी चै लिइरहे । यसको प्रक्रिया बुझे भने सबैलाई सचेत गराउन सजिलो हुन्छ भन्ठानेर । पहिलो पटक जानकारी दिनेले सुरेश पाण्डेलाई सम्पर्क गर्नु भन्दै इमो नम्बर दिए ।

त्यसमा सम्पर्क गरेपछि उसले म व्यस्त छु , एकछिनमा सम्पर्क गर्छु भनेर हत्तनपत्त फोन काटे । अर्थात , व्यस्त देखाए । त्यसको १ मिनेट नवित्दै, इमोमा फोन आयो । किशोरीलाई भने, तपाईको कुनै बैंकमा खाता छ ? उनले जवाफ दिइन्, छ । त्यसो भए , खाता नम्बर र फोटो पठाउनु , म पैसा जम्मा गरिदिन्छु । ति भारतीयले फेरि भने ।

किशोरीले खाता नम्बर अन्दाजी बनाएर पठाइन्, एकैछिनमा पाण्डेले यस्तो पठाए ।

यो पठाइसके पछि उनले भने यो २५ लाख तपाइको खातामा जम्मा हुन्छ । तरुन्तै गएर प्रक्रिया वापतको ३० हजार पठाउनुहोस् । म कोड दिन्छु अनि २५ लाख पनि निकाल्नुहोस् । किशोरीले २५ लाखबाटै ३० हजार कटौती गरेर पठाउनु भन्दा उनीहरुले पहिला प्रक्रिया सेकर मात्र २५ लाख पठाउन मिल्छ भने ।

३० हजार पठाउनु भनेपछि उनले मेरो बुबा प्रहरी हुनुहुन्छ म बुवासँग मागेर पठाइदिन्छु भन्नासाथ फोन काटे । त्यहि आइडीबाट पैसा पाएको भन्ने अन्य भिडियो पनि पठाए । दराजभरी पैसा राखेको भिडियो पनि आयो ।

यो मंगलवार बिहानको घटना हो । यस्तै फोन धेरैलाई आउन सक्छ, सबै सचेत बनौं ।

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]