जेष्ठ ७, २०८१ सोमबार

सहारा नेपाल सहकारीको लगानी १० अर्व ९८ करोड

बिर्तामोड । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १० अर्व ९८ करोड बढी लगानी गरेको जनाएको छ ।

संस्थाले प्रकाशन गरेको साउन महिनाको वित्तिय विवरण अनुसार १० अर्व ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैया लगानी गरेको उल्लेख छ ।

संस्थाले १ अर्व ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैया शेयर पूजी तथा ११ अर्व १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैया बचत संकलन गरेको जनाएको छ ।

१ अर्व २७ करोड २६ लाख ३८ हजार ९७६ रुपैया कूल संस्थागत पूँजी तथा १५ अर्व ३७ करोड ६२ लाख ७२ हजार ३६९ रुपैया कूल सम्पत्ति रहेको जनाएको छ ।

संस्थाले प्रकाशन गरेको साउनको विवरण अनुसार जगेडा कोषमा १ अर्व २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैया तथा ४४ करोड ३१ लाख ८७ हजार ९९१ रुपैयाँ विभिन्न कोषमा रहेको जनाइएको छ ।

संस्थामा साउन मसान्तसम्म २८.४४ प्रतिशत अर्थात ३ अर्व १६ करोड ५० लाख ८९ हजार ५६७ रुपैया तरलता रहेको जनाएको छ । २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ बाह्य ऋण रहेको संस्थाले जनाएको छ

१ लाख ५७ हजार ८६१ जना सदस्य रहेको संस्थामा ७५ हजार ५४० जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]