जेष्ठ ७, २०८१ सोमबार

बिर्तामोडमा १ करोड लागतमा नयाँ बुधबारे बजारको शुभारम्भ

बिर्तामोड । बिर्तामोडको बुधबारे हटियाका व्यापारीहरुले नयाँ बजार निर्माण सम्पन्न गरेर व्यवसाय सुरु गरेका छन् । उनीहरुले पुरानो बजार नजिकै उत्तर पूर्वमा करिव १ करोड लागतमा नयाँ बुधबारे बजार निर्माण गरेका हुन् ।

आज एक कार्यक्रमको आयोजना गरी बजारको औपचारिक शुभारम्भ गरिएको छ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नयाँ बुधबारे बजारको औपचारिक शुभारम्भ गरेकी हुन् । उनले रिवन काटेर बजारको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई, बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, व्यवसायी ओमकृष्ण विमली लगायतको सहभागिता रहेको थियो ।

नयाँ बुधबारे बजारमा ५१ वटा सटर निर्माण गरिएको छ । एकातिरबाट प्रवेश गरेर अर्कातिरबाट बारिह जान सकिने बजारमा लत्ता कपडा, जुत्ता, टेलरिङ, कस्मेटिक लगायतका व्यवसाय रहेका छन् । खानेपानी, विजुली र शौचालयसहितको सुविधा भएको बजारमा २ हजार देखि २५ सयसम्म सटरको भाडा व्यवस्था गरिएको छ । पाँच वर्षका लागि जमिन भाडामा लिएर व्यापारीहरुले आफ्नै लगानीबाट स्थापना गरेको बजारमा सहुलियत र गुणस्तरीय सामान पाइने बजारका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । बजारमा सोही भाडामा सुरक्षा गार्ड, सरसफाई लगायतको सुविधा समेत दिइने छ ।

नयाँ बजारको उद्घाटन गर्दै नगर प्रमुख प्रसाईले व्यापारीहरुका लागि स्थानीय सरकार सधैं सकारात्मक रहेको बताइन् । उनले बुधबारे हटिया खाली गर्दा पनि व्यापारीहरुलाई सहयोग गर्ने बचन दिएको स्मरण गरिन् । नगर प्रमुख प्रसाईले बजार व्यवस्थापनका क्रममा व्यापारीलाई समन्वय गर्दै सहयोग समेत गर्ने भन्दाभन्दै कहि संघ संस्थाले प्रतिकुल वातावरण निर्माण गरेर समस्या बनाएको बताइन् । उनले आगामी दिनमा स्थानीय सरकार व्यापारीको पक्षमा रहेर काम गर्ने प्रतिवद्धता समेत जनाइन् ।

कार्यक्रममा बिर्तामोड वाणिज्य संघका महासचिव अर्जुन मैनाली, वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई लगायतले व्यापारीको समस्यामा सधैं साथ दिन तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : भाद्र ९, २०८० शनिबार  १ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]