बैशाख १२, २०८१ बुधबार

बिर्तामोड–भद्रपुर रोड निर्माणमा विवाद चर्कियो, गिरीलाई काम नदिने ठेकेदारको तयारी

बिर्तामोड । आशिष–प्रेरा कन्ट्रक्शनका निर्देशक विकास मल्लले बिर्तामोड–भद्रपुर रोडको चारलेन सडक निर्माण अवरोध गर्न कसैले दवाव नदिएको स्पष्ट पारेका छन् । उनले सडक निर्माणमा कसैको दवाव नआएको आज बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिए ।

निर्माणमा ढिलाई गरेपछि उनले राजकिशोर गुप्तालाई दिएको पेटी कन्ट्राक रद्द गरेको समेत बताए । अब आफै काम गर्ने बताउँदै उनले केदार गिरीलाई समेत कामको जिम्मा नदिएको पत्रकार सम्मेलनमा जानकारी दिए । गुप्ताबाट काम हुन सकेन, मल्लले भने – अब जेठसम्ममा काम सक्ने गरी आफै काम अघि बढाउछु । सडकमा धेरै काम भइसकेपछि गुप्तालाई हटाएर गिरीलाई काम दिएका उनले आन्तरिक विवादका कारण फेरि बोली फेरेका छन् । गिरीको कञ्चन निर्माण सेवालाई काम दिने सम्झौता गरेपनि गुप्ताको लेनदेनका कारण विवाद शुरु भएको छ । यहि विवादका कारण भद्रपुर रोडको निर्माण अन्यौल बन्ने देखिएको छ ।

सम्झौता अनुसार काम सम्पन्न गर्न अब ४५ दिन मात्र बाँकी छ । सडक बनाउन सम्झौता गर्ने मुख्य निर्माण कम्पनी आशिष–प्रेरा जेभीले बाटोको समस्यामा फेरि पनि निकास नदिने गरी रेडिमेट जवाफ दिदैं जेठमा काम सक्ने बताए । गुप्ताले काम गर्दा प्रयोग गरेको निर्माण सामग्रीको करोडौं भुक्तानी गर्न बाँकी देखिए पछि व्यवसायीले मल्लसँग कुरा गरेका थिए ।

बिर्तामोडका निर्माण व्यवसायी केदार गिरीले सडकमा आवश्यक सामग्री झारेर आफुले काम थालेका जानकारी दिएका थिए । तर, निर्माण कम्पनीले गिरीलाई काम नदिएको बताइसकेका छन् । यसबारे गिरीसँग बुझ्दा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले भने, मसँग ठेक्का सम्झौता भइसकेको छ । कसरी यस्तो कुरा आयो म बुझौला । सडकको काम मैले धमाधम गरिरहेको छु, गिरीले थपे ।

युवा संघले काम गर्न नदिएको भन्ने जिज्ञासामा जवाफ लिदैं मल्लले कसैले पनि काम अवरोध गर्न दवाद नदिएको बताएका छन् । उनले बाँकी भुक्तानी आफै गर्ने र काम पनि आफैं गर्ने बताए । यस्तै विवादका कारण गिरीसँगको सम्झौता रद्द गरेको बताइएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  २ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]