बैशाख २१, २०८१ शुक्रबार

पर्सि क्यानडा उड्ने तयारीमा थिए, सनम हेमरम

बिर्तामोड । झापाको चारपाने– राजगढ सडक खण्डमा आज भएको सवारी दुर्घटना मृत्यु हुने सनम हेमरम क्यानडा जाने अन्तिम तयारीमा थिए । उनको भिजा आइसकेको थियो । पर्सितिर उनको उडान थियो, उनका एक साथीले भने ।

बिर्तामोडको कंगरुबाट क्यानडाको प्रक्रिया पुरा गरेका हेमरम क्यानडाका लागि मालसामान समेत तयारी गरिसकेका थिए । क्यानडाका लागि अन्तिम तयारी गरेका हेमरम विहान बहिनीले ‘राखी बन्दन’ बाधिदिए पछि बिर्तामोड आउदै गर्द सवारी दुर्घटनामा परेका थिए । उनी भोली काठमाडौं जानेमा तयारीमा थिए । २२ वर्षीय हेमरम बाह्रदशी ३ को घोडामारा चोक नजिकै भएको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका हुन् ।

बाह्रदशी–५ घोडामाराका निवासी २२ वर्षीय हेमरम मोटरसाइकलमा चारपाने तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । पैदल यात्रीलाई ठक्कर दिदा मे ८ प ३५६९ को मोटरसाइकलमा सवारी हेमरम दुर्घटनामा परेका थिए ।

दुर्घटना लगत्तै उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याउनासाथ उनको मृत्यू भएको घोषणा गरिएको थियो । त्यस्तै दुर्घटनामा पैदलयात्री मनी मर्डी घाइते भएकी छन्, छाती र दाहिने खुट्टामा चोट लागेको छ । मोटरसाइकलमा सवार बिर्तामोड ३ का २३ वर्र्षीय समिर महमद पनि घाइते भएका छन् ।

सनमका बुबा रोमनिया गएका छन् । लामो समय मजदुरी गरेर आर्थिक जीवन उठाइरहेको हेमरम परिवारमा सुखको दिन आइरहेको थियो, स्थानीय राजेन्द्र पोखरेलले भने – यो घटनाले सिंगो गाउँलाई नै स्तब्ध बनाएको छ ।

प्रकाशित मिति : भाद्र १४, २०८० बिहीबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]