बैशाख २८, २०८२ आईतबार

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार चार सय ५० तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले घटेर रु एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  १२ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]