बैशाख २१, २०८१ शुक्रबार

काजीमानलाई बाह्रदशीले फिर्ता पठायो

बिर्तामोड । बाह्रदशी गाउँपालिकाले विवादित प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई फिर्ता पठाउने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले फिर्ता पठाउने निर्णय गरेको हो ।

इलामको माइजोगमाईमा कार्यरत रहँदा कार्यकक्षमै महिला कर्मचारीसँग गरेको अश्लील व्यवहारका कारण भाइरल भएका राईलाई बाह्रदशीले हाजिर गर्न रोक लगाएको छ ।

भदौ १४ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागि मन्त्रालयलाई पत्र पठाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष देविन्द्र चम्लागाईले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २२, २०८० शुक्रबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]