जेष्ठ ६, २०८१ आईतबार

दिव्या स्पीचबाट अभिभावक सन्तुष्ट

तिलक योञ्जन

बिर्तामोड । स्कुल–कलेज, अस्पताल वा अरु कुनै पनि व्यवसायीक संस्थाहरु सेवा र शुल्कसँग मात्रै केन्द्रीत भएका हुन्छन् । त्यस्ता संस्थाहरु आम्दानीमा मात्रै केन्द्रीत भएको पाइन्छ । केही यस्ता संस्थाहरु पनि छन्, जसले सेवा गरेवापत शुल्क त लिन्छ, तर सेवाग्राहीलाई परिवार जस्तै आभास दिलाईरहन्छ ।

हो , त्यस्तै संस्थाको रुपमा स्थापित हुँदै गएको छ– झापाको बिर्तामोडमा स्थापना भएको दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टर । कम सुन्ने, कम बोल्ने वा अटिजम अवस्थामा रहेका बालबालिकाको उपचार गर्ने सेन्टर विगत २ बर्षदेखि बिर्तामोडमा संचालनमा आएको छ । सेन्टरले कान नसुन्ने वा कम सुन्ने, ढिलो बोली आउने अवस्था वा प्यारालाइसिस जस्ता अन्य शारिरिक रोगहरुको थेरापी वा विभिन्न बिधिबाट उपचार गर्दै आएको छ ।

रि–हैबिलिटेशन सेन्टरले शुक्रवार बिर्तामोडमा अभिभावक र कर्मचारीहरुलाई लक्षित गरेर तीज पर्व विशेष कार्यक्रम सम्पन्न गरेको छ । दमकमा समेत शाखा विस्तार गरेको सेन्टरले दुवै शाखाका कर्मचारी र बच्चाका अभिभावकहरुका लागि तीज पर्व विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

बिर्तामोडको सिद्धार्थ होटलमा आयोजना गरिएको कार्यक्रमको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । प्रसाईले महिलाहरुको मात्र नभई चेली–माईती अथार्त महिला पुरुष दुवैको साँझा पर्वको रुपमा तीजलाई मनाउनु पर्ने बताइन् । उनले रि–हैबिलिटेशन सेन्टरे आयोजना गरेको कार्यक्रमले पारिवारिक वातवरणको सिर्जना भएको भन्दै शुभकामना दिइन् ।

सेन्टरका संचालक मनोज प्रसाद यादवले अध्यक्षता गरेको कार्यक्रममा रि–हैबिलिटेशन सेन्टरमा आवद्ध चिकित्सक तथा कर्मचारी र छोराछोरीको उपचार गराईरहेका अभिभावकहरुले हर्षोल्लासका साथ तीज पर्व मनाएका छन् ।
एक सय भन्दाबढी अभिभावक सहभागि भएको कार्यक्रममा उनीहरुले एउटै परिवारको सदस्य जस्तै गरेर एक–आपसमा खुशी साटासाट गरेका थिए । तीज पर्वको अवसरमा दर खाने, नाचगान गर्नेसँगै विभिन्न खेलहरुसमेत संचालन गरिएको थियो ।

कार्यक्रममा अभिभावकहरुले समेत आफ्ना कुरा राखेका थिए । सहभागी अभिभावकका तर्फबाट सुष्मा कटुवालले सेन्टरले प्रवाह गरेको सेवाबाट आफ्नो बच्चामा धेरै सुधार भएको सुनाइन् । उनले परिवार कै जस्तो गरेर गरिने रेखदेख र उपचार बिधिले आफुहरु हर्षित भएको धारणा राखिन् ।

बिर्तामोड र दमक शाखामा गरेर दिव्या स्पिच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टरमा १ सय २० भन्दाबढी बालबालिका उपचारर्त रहेको सेन्टरका संचालक तथा अडियोलोजिस्ट चिकित्सक डा. राजु यादवले जानकारी दिए । उनका अनुसार सेन्टरका दुबै शाखामा गरेर ३२ जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् ।

अभिभावकको तर्फबाट खगेन्द्र लिङदेन र कर्मचारीको तर्फबाट अञ्जली लिम्बूले कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा सहभागी अथिति तथा विभिन्न प्रतियोगितामा सहभागि अभिभावक र कर्मचारीहरुलाई सेन्टरका संचालक मनोज प्रसाद यादवले मायाको चिनो स्वरुप गमलामा फुलको बिरुवा प्रदान गरेका थिए ।

दिव्या स्पिच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टरले बिर्तामोड नगरपालिका ४ मा नेपाल बिद्युत प्राधिकरण नजिकैको कार्यालय र दमक नगरपालिका ७ मा पशुहाट नजिकै स्थापना गरेको कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । संचालक मनोज यादवले नेपालका विभिन्न स्थानसंगै विदेशमा बसोवास गर्ने नेपालीहरुले समेत अटिजम अवस्था भएका, सुन्ने, बोल्ने क्षमतामा कमी भएका वा साधारण अवस्थामा नरहेका बालबालिकाहरुको उचित उपचारका लागि अहिले सेन्टरमा ल्याइरहेकोे जानकारी दिए ।

दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टर जस्तै उपचार गराउने स्वास्थ्य संस्था नेपालमा कम भएकाले पनि आफुहरुको उपचार विधि प्रभावकारी रहेको यादवले बताए । थेरापी बिधिबाट उपचार गराईने सेन्टरमा हाल नेपालका विभिन्न स्थानसँगै अमेरिका, अष्टे«लिया, फिलिपिन्स, भातरलगायतका मुलुकमा रहेका नागरिकले समेत उपचारका लागि बालबालिका आफुहरुको सेन्टरमा ल्याएको अडियोलोजिस्ट डा. यादवले जानकारी दिए । सेन्टरमा बालबालिका मात्रै नभई सम्बन्धित समस्या भएका जुनसुकै उमेरका व्यक्तिको समेत उपचार गरिने बताइएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०८० शुक्रबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]