बैशाख १३, २०८१ बिहीबार

खान अयोग्य तरकारी र फलफुल भन्सारबाटै ‘नो–इन्ट्री’, तिन महिनामा १० ट्रक फिर्ता

बिर्तामोड । पूर्वका चार वटा भन्सारबाट आयात हुने तरकारी र फलफुलको विषादी बिर्तामोडमा परिक्षण भइरहेको छ । पूर्वको मेची भन्सार, भद्रपुर, विराटनर र सुनसरीको भण्टाबारीबाट आयात हुने तरकारी र फलफुलमा विषादीको मात्रा परिक्षण गरेर खान योग्य भए मात्र नेपाल आयात गर्न दिइने भन्सार कार्यालयहरुले जनाएका छन् ।

भारतबाट आयात हुने दुई वस्तुमा विषादीको मात्रा खानै अयोग्य भए फिर्ता पठाइने गरिएको छ । झापाको विर्तामोडमा रहेको विषादी अन्वेषण द्रुत विष्लेशण प्रयोगशालाको रिपोर्ट पछि मात्र नेपाल प्रवेश गर्न नदिने निर्णय हुने गरेको मेची भन्सारले जनाएको छ । भारतबाट आयात गरिएका बस्तुलाई भन्सारमै रोकेर प्रयोगशालामा सेम्पल पठाई परिक्षण गर्ने गरिएको छ ।

पछिल्लो समय केरा र सुन्तला खानै अयोग्य देखिएको छ । तथ्याङक अनुसार भदौं महिनामा केरा र आलु खानै नमिलने गरी विषादी भेटिएपछि फिर्ता पठाइएको थियो । गत साउनमा पनि केरा खान नमिल्ने गरी विषादी भेटिएपछि फिर्ता पठाइएको थियो । असोज महिनामा भारतबाट आयात भएको सुन्तला खान अयोग्य थियो । सोहि महिनामा आयात भएको केरामा पनि विषादी पाइएको थियो । केरा भने पर्खेर खान मिल्ने थियो, प्राविधिक अञ्जु आचार्यले भनिन् । यस्तै, कात्तिकमा आयात भएको भारतीय आलुमा खान मिल्ने गरीको विषादीको मात्रा देखियो । प्राविधिक आचार्यका अनुसार ३५ प्रतिशतसम्म विषादीको मात्रा देखिए खान मिल्ने, ३६ देखि ४५ सम्म पर्खेर खान मिल्ने र त्यहाँभन्दामाथि देखिए नष्ट गर्नुपर्छ ।

इस्चेक्ट्रो फोटो मिटर प्रविधिबाट तरकारी र फलफुलको विषादी परिक्षण गरेर मात्रै उपभोक्ता सम्म पु¥याउन दिइने उनको भनाई छ । नागरिकको स्वास्थ्यमा ख्याल गर्दै सरकारले भन्सारमै रोकेर विषादी परिक्षण गर्दै आएको छ ।

साउन यता विषादी अन्वेषण द्रुत विष्लेशण प्रयोगशाला बिर्तामोडको विषादी परिक्षण नतिजाका आधारमा १० ट्रक तरकारी र फलफुल आयातमा रोक लगाइएको छ । ४ ट्रक सुन्तला, ५ ट्रक केरा र १ ट्रक आलु खान अयोग्य भएपछि भारत नै फिर्ता पठाइएको भन्सार कार्यालय मेचीले जनाएको छ ।

३ वर्षदेखि विर्तामोडमा शुरु भएको विषादी परिक्षणले किसान र भारतीय व्यवसायीलाई सचेत गराएको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  ११ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]