चैत्र ६, २०८० मंगलबार

कनकाई बहुमुखी क्याम्पसको बिवाद मिल्यो

सुरुङा । २ महिनादेखिको बिवादको अन्त्य भएपछि आइतवारदेखि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा पठनपाठन सुचारु हुने भएको छ ।

राजनैतिक प्रतिसोधकै कारण प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई क्याम्पस संचालक समितिले निकालेको भन्दै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्राध्यापक र विद्यार्थीहरु दुई महिनादेखि आन्दोलनमा थिए । प्राध्यापक र विद्यार्थी आन्दोलनमा गएसगै क्याम्पसमा अध्यानरत् एक हजार विद्यार्थीको भविष्यमाथिनै प्रश्न चिन्ह उब्जिएको थियो ।

तर कनकाई क्याम्पसको समस्या समाधानका लागि शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चन्द्रगढीमा क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडाल नेपाली कांग्रेसका स्थानीय नेता टेकनारायण संग्रौला , कांग्रेसका जिल्ला सभापति उद्धव थापा , नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव बिजय साम्पाङ्ग राई कनकाई नगर इन्चार्ज गोपाल प्रसाई लगायातको टोलीविच बार्ता भई क्याम्पस संचालनको सहमति बनेको हो ।

जसमा क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडालद्धारा क्याम्पसका ९ जना विद्यार्थीमाथि लगाइएको मोसो दलेको उजुरी क्याम्पसमै छलफल गरि मिलाउने , निष्कासन गरिएका प्राध्यापक हरिप्रसाद तिम्सिनालाई तत्काल हाजिर गराउने र बाकी कुराका लागि आगामि पुस १० गते आयोजना गरिएको क्याम्पस सभाद्धारा वाकी सबैकुराको हल गर्ने सहमति बनेको छ । क्याम्पसको यो सहमतिसगै आन्दोलनरत् पक्ष र क्याम्पस प्रशासन दुबै पक्षले आआफ्नो जित भएको दावी गरेका छन । यसमा कसैको जित हार भन्दा पनि हामी कनकाई नगरवाशीको जित भो दुई महिनादेखि बन्द रहेको क्याम्पस संचालन हुनु सुखद कुरा हो । बार्तामा सहभागि एक सदस्यले भन्नुभयो । यसैविच आन्दोलनरत् प्राध्यापकलाई हटाउने उद्धेश्यका साथ कनकाई बहुमुखी क्याम्पसले स्थानीय पत्रिकामा प्राध्यापक आवश्यकता सम्बन्धि प्रकाशन गरेको विज्ञापन समेत हाललाई स्थागित भएको छ ।

त्रिभुवन विश्वविद्यालयको ठाडो आदेशपछि विज्ञापन स्थगित गरिएको हो । कनकाई बहुमुखी क्याम्पसमा ५५ शिक्षक कर्मचारी कार्यरत र एक हजार विद्यार्थी अध्यनरत् छन ।

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  ११ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]