बैशाख २३, २०८१ आईतबार

बुधबारे जेसीज सप्ताह : विद्याथीलाई ‘साइन्स सिटी’ भ्रमण

बुधबारे । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२३ को जेसीज सप्ताह शुक्रवारबाट शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएर सप्ताह शुरुवात गरेको छ ।

सामाजिक क्षेत्रमा आफ्नो बेग्लै छाप बनाउँदै आएको बुधबारे जेसीजले विद्यार्थीहरुलाई विज्ञान सम्बन्धी जानकारी दिन भारतको सिलुगुडीमा रहेको साइन्स सिटी विज्ञान सङ्ग्रहालयमा भ्रमण गराएको हो । उक्त सङ्ग्रहालयमा विद्यार्थीहरुले परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य नमूना देख्न पाएका थिए । जसबाट विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिन पाएर खुसी भएका थिए ।

जेसीज सप्ताहको शुभारम्भ बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको सभापतित्व तथा नेपाल जेसीज बर्ष २०२३ का उपाध्यक्ष सिनेटर अनुप सुनवारको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा पूर्व अध्यक्ष नन्दकुमार याफू राई, मुकेश भट्टराई, महानन्द शिक्षा सदनका प्रिन्सिपल भिम श्रेष्ठ, शिक्षिका सुभद्रा योङ्याङ लगायतले शुभकामना मन्तव्य राख्दै जेसीले समुदायस्तमा यस्ता किसिमका काम गरेकोले खुसी व्यक्त गरेका थिए ।

‘जन्म दिन, खास दिन’ अन्तरगत बुधबारे जेसीका पूर्व अध्यक्ष मुकेश भट्टराई, कार्यकारिणी उपाध्यक्ष अनिल घिमिरेको जन्मदिको अवसर पारेर बुद्धशान्ति गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का १ सय १८ जना विद्यार्थीहरुलाई निशुल्क भ्रमण गराईको जेसीका उपाध्यक्ष तीर्थ तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २३, २०८० शनिबार  ३ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]