बैशाख ७, २०८१ शुक्रबार

झापाका किसानलाई धानपछि मकैमा फौजी किराको डर

बिर्तामोड । फौजी किराको संक्रमणबाट ठुलो नोक्सानी व्यहोरिहेका किसान यसको नियन्त्रणबारे खोजी गरिरहेका छन् । झापामा वर्षौपछि देखा परेको फौजी किराले सयौं विगाह जमिनमा लगाइएको धान बाली नष्ट गरेपछि किसान यसको नियन्त्रणको खोजीमा लागेका छन् ।

झापा अर्जुनधाराका किसानले शनिवार फौजी किराबाट व्यहोरेको समस्या प्राविधिकहरुलाई बेलिविस्तार लगाए । धानमा फौजी किराले आक्रान्त बनाए पछि मकै बाली कसरी जोगाउने भन्ने चिन्तामा रहेका किसानले भेटेका प्राविधिकसँग यसको नियन्त्रण उपाय बारे बुझ्ने मौका पाएका छन् । नेपाल एग्रो इन्डष्ट्रिज प्रालि विरगञ्जको प्राविधिक सहयोगमा अर्जुनधारा–९ को कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि बालीमा किरोको प्रकोप सम्बन्धि गोष्ठीमा प्राविधिकले रोग नियन्त्रण बारे जानकारी गराएका छन् ।

कृषि बालीको रोग नियन्त्रणका लागि अपनाइने उपायका बारेमा प्राविधिक तिलक कार्की र भारत बनारसबाट आएका कृषि विज्ञानमा स्नातकोत्तर गरेका सुर्यनाथ चौहानले सहजीकरण गरेका थिए । उनीहरुले धान बालीमा कसरी फौजी किराको संक्रमण भयो र अब मकैमा कसरी संक्रमण हुन नदिने भन्ने बारे सचेत गराएका छन् । सयौं किसान सहभागी भएको गोष्ठीमा वातावरणका कारण फौजीको संक्रमण हुने जानकारी गराएका छन् । नेपाल एग्रोका प्राविधिक कार्कीले २७ देखि ३५ डिग्री सेन्ट्रीग्रेट तापक्रममा किराको संक्रमण देखिने बताए । उनले फौजी किराको जीवनचक्र अनुसार सबै भन्दा धेरै लार्भा उमेरमा बाली नष्ट गर्ने जानकारी दिए ।

धानबालीमा देखा परेको फौजी किराले किसानलाई आतंकित नै बनाएको कृषक बताउँछन् । उनीहरुलाई यस रोग बारे थाहा नभएर सुरक्षा अपनाउन पनि नसकेको बताएका छन् । प्राविधिकहरु यसको नियन्त्रण गर्न बाली लगाउनु पूर्व माटो कै उपचार गर्न सकिने किसानलाई सुनाएका छन् । अलकोरा नामक विषादी प्रयोग गरेमा यसको संक्रमण नहुने बताएका छन् । बाली लगाएपछि नियमित रेखदेख गरेर फौजी किराको संक्रमण पत्ता लागेमा डेल्टा, साइफर र अल्फा मेथिनको प्रयोग गर्न सकिने प्राविधिकको भनाई छ ।

यो वर्ष पूर्व नेपालमा लागेको फौजी किरा भारतबाट सरेको पुतलीका कारण फैलिएको पाइन्छ । फौजी किरा धान, मकै र उखुमा धेरै देखिने प्राविधिक बताउँछन् । उनिहरुले अब लगाइने मकैमा बेलैमा ध्यान ध्यान नदिए मकै समेत सखाप हुन सक्ने भारतबाट आएका प्राविधिक चौहान बताउछन् । उनले मकैमा पनि धान कै जस्तो संक्रमण हुन सक्ने भएकाले सचेत रहन आग्रह आग्रह गरे ।

नेपाल एग्रोका बिर्तामोड प्रतिनिधि रञ्जना टेड्रर्सका सञ्चालक युवराज काफ्लेले जिल्लाका विभिन्न सहकारीसँग मिलेर किसानलाई सचेतना प्रदान गर्दै आएको जानकारी दिए । उनले प्राविधिकसहितको टोलीले झापाको संक्रमित बालीको अवलोकद गर्दै किसानलाई आवश्यक सहयोग समेत गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार  १० : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]