बैशाख ८, २०८१ शनिबार

हल्दिवारीको जागृति क्याम्पसमा प्रगतिशिलको प्यानलै विजयी

बिर्तामोड । झापाको हल्दिवारी–१ गोल्धापमा रहेको जागृति क्याम्पसमा प्रगतिशिल समुहको प्यानल नै विजयी भएको छ ।

निर्वाचनका लागि नेकपाले संघीय समाजवादी र जनमुक्ति पार्टीसँग समन्वय गरेर प्रगतिशिल समुह बनाएको थियो भने कांग्रेसले राप्रपासँग मिलेर प्रजातान्त्रिक समुह बनाएर चुनाव लडेका थिए । क्याम्पसको सञ्चालक समितिमा प्रगतिशिल समुहबाट उम्मेदवार भएका त्रिलोचन मैनाली विजयी भएका छन् । मैनालीले प्रजातान्त्रिक समुहका मदन थपलियालाई जितेका छन् । मैनालीले ३८८ मत ल्याएका थिए भने थपलियाले ३४५ मत ल्याएका थिए ।

समितिको उपाध्यक्षमा धु्रव श्रेष्ठ विजयी भए । उनले प्रजातान्त्रिक समुहका नरेन्द्र राईलाई ७५ मतले जितेका छन् । राईले ३२३ मत प्राप्त गरेका थिए ।

पुरुष सदस्यहरुमा प्रगतिशिलका श्रीनारायण न्यौपाने, केदार जंग राउत, विष्णु योङहाङ र महिला सदस्यमा रेवता शिवाकोटी, रितु तिम्सिना र मिरा गुरुङ निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा १ हजार ३१ मतमध्ये ७ सय ५८ मत खसेको थियो ।

प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार  ११ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]