बैशाख १४, २०८१ शुक्रबार

नेपालका लागि नेपाली अभियान्ता प्रसाईले किन धम्क्याए किशोरी ?

बिर्तामोड । नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाहीलाई निष्कासन गरे लगत्तै अर्का अभियान्ता झापाका महेन्द्र प्रसाई विवादमा तानिएका छन् । उनले एक किशोरीसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएसँगै प्रसाई विवादमा मुछिएका हुन् । यतिबेला उनको चौतर्फी आलोचना समेत भइरहेको छ ।

सो अभियानका झापा संयोजक बताउँदै आएका प्रसाईले किशोरीसँग गरेको संक्षिप्त कुराकानी यस्तो छ । ‘ए मैले तिमीलाई सापटी दिएको थिईन त । ए अहिले स्यालरी बढ्यो की क्या हो तिम्रो ? यो महिनाको पकेट खर्च चाहि घरमा मामुलाई के दिन्छ्यौ त ? मलाई म्यासेज आयो की, पैसा हालेछौं । खुसी लाग्यो । ल …ल ठीकै छ की । सबै मैले बुझ्या छु । अब एकदेखि दुई वर्षमा सबै कुरा बुझिहाल्छौं ।’ किशोरीले यसरी पैसा नदिन आग्रह गर्दा पनि प्रसाईले विना कारण , काम विनै पैसा दिन खोज्नु रहस्यमय छ ।

यो संवाद्मा भ्रष्टाचारी विरोधी बताउँने प्रसाईले पैसाको मोह देखाएर किशोरीलाई नजिक बनाउन खोजिएको छ । यस्ता दर्जनौ घटना भएपनि पीडितहरुले बोल्न सकिरहेका छैनन् । आफूलाई नेपालका लागि नेपाली अभियानका केन्द्रीय अभियन्ता बताउदै विभिन्न अभियानमा प्रसाईले अभिव्यक्ति दिदैं आएका छन् ।

अडियो रेकर्डमा अभियन्ता प्रसाईले सुरुमा महिलालाई केही रकम दिएको बुझिएको छ । प्राप्त अडियो अनुसार पछि ती महिला कर्मचारीले प्रसाईबाट प्राप्त रकम सबै फित्र्ता गरेकी छन् । आफूले सबै सापटी पैसा तिर्दै जाने क्रममा प्रसाईको पनि रकम फित्र्ता गरेको जनाएकी छिन । महिलाले आफूलाई रकम नचाहिएकोले बैंक मार्फत डिपोजिट गरेर पैसा फित्र्ता गरेको बताइन् ।

तर अभियन्ता प्रसाईले आफूले सो रकम सापटीका रुपमा नभई सहयोग स्वरुप उपलव्ध गराएको अडियोमा सुनिन्छ । पैसा फित्र्ता नगर्नु, बरु आमालाई पकेट खर्च पठाईदिन प्रसाईले ती कर्मचारीलाई अनुरोध गर्दै गरेको पाइन्छ ।
प्रसाई आफ्नो चाहना बिपरित पैसाकै माध्मबाट आफूसँग नजिक हुन चाहेको भन्दै कर्मचारी महिलाले निजको रकम बैंकमार्फत फित्र्ता गरेर निजको अडियो रेर्कड गर्न बाध्य भएको जानकारी दिइन् ।

यसरी आफूलाई अभियन्ता बताउने व्यक्तिले पैसाको तुजुक देखाएर महिलासँग निकट हुने र प्रभावमा पार्ने प्रयास गरेपछि उनको नियतमा शंका लागेको किशोरीको बुझाई छ । बिभिन्न प्रसंग उल्लेख गर्दै प्रसाईले ती महिलालाई दुई वर्षमा देखाई दिने धम्की समेत दिएका छन् । स्व. गिरीजाप्रसाद कोईरालाबाट सदस्यता प्राप्त गरी काँग्रेसी भए पनि अहिले दलीय आस्थाबाट माथि उठेर भ्रष्टाचार विरोधी अभियन्ता बनेको प्रसाईले युटुवमा राखेको एक भिडियोमा भेटिएको छ ।
केहि समयदेखि उनले दलका नेता तथा शासकहरुको कडा आलोचना पनि गर्दै आएका छन् । महिला कर्मचारीसँग गरेको कुराकानीको अडियो रेकर्ड सुरक्षित छ ।
यसबारे प्रसाईसँग बुझ्दा उनले सत्य नभएको प्रतिक्रिया दिएका छन् । उनले पारिवारिक कुरा भन्दै टारेका छन् । तर, ति किशोरी उनको परिवार भित्रको नभई एक जना कर्मचारी मात्र हुन् ।

प्रतिक्रियाका लागि सम्पर्क गर्ने सञ्चारकर्मीलाई पनि प्रसाईले अपशब्द प्रयोग गर्दै धम्याए । उनले सञ्चारकर्मीको ठाउँ, ठेगाना, घर खोजी गरेर त्रसित बनाउन खोजेको बुझिएको छ ।

प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]