बैशाख २७, २०८१ बिहीबार

नव युवा क्लबको साधारणसभासँगै तीज मिलन

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ र ७ को संयुक्त नव युवा क्लबले सातौं वार्षिक साधारणसभा तथा तीजको अवसरमा सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आफ्नो सातौं वार्षिक साधारणसभा तथा सामुहिक तिज मिलन कार्यक्रम एकैसाथ सम्पन्न गरेको हो । क्लबद्वारा स्थानीय एकता चोकस्थित नवयुवा सामुदायिक भवनमा आयोजित साधारणसभा तथा सामुहिक तिज मिलन कार्यक्रममा क्लबका अध्यक्ष देवेन्द्र मैनालीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव पूर्ण बहादुर भुजेलले आर्थिक बर्ष ०७९-०८० को आय–व्यय प्रस्तुत गरेका थिए ।

असार मसान्तसम्म आम्दानी २८ लाख १८ हजार ९ सय ९६ रुपैयाँ र खर्चतर्फ २७ लाख ८९ हजार ४ सय ४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा क्लबका दाता तथा सामाजिक क्षेत्रमा सहयोग पु¥याउने मीना कुमारी राईलाई सम्मान –पत्र र जिन्सी पुरस्कारसहित सम्मान गरिएको सचिव भुजेलले जानकारी दिए ।

अध्यक्ष मैनालीको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले शुभकामना मन्तव्य राख्दै पश्चिम नेपालदेखि महिलाहरुले मदिरा सहित तीज मनाउने चलन विकृति र विसंगति फैलिदै आएको हुँदा यस्तो खाले तीजलाई सबैले नियन्त्रण गर्नुपर्ने बताए । संस्कार र संस्कृति जोगाउनुपर्ने सबैको दायित्व भएको उनको भनाइ थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका – ८ का वडा सदस्य सरु बुढाथोकी, गाउँबेसीको माया प्रदेशीलाई कार्यक्रम प्रस्तोता चतुर्भुज काफ्ले, क्लबका सल्लाहकार तुलसी श्रेष्ठ, सदस्य कोपिला भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी हुने महिलाहरुले तीज सम्बन्धी सामुहिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि सहभागी हुनेहरुलाई दर खुवाइएको संस्थापक अध्यक्ष हिरामान शाहले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार  ५ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]