बैशाख १८, २०८१ मंगलबार

चारआलीमा अस्वस्थ्यकर २४० केजी माछा पुरियो

बिर्तामोड । झापाको मेचीनगर -१३ स्थित चारआलीमा अस्वस्थ्यकर माछा नष्ट गरिएको छ । विल समेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ७५ हजार बराबरको २४० केजी माछा नष्ट गरिएको झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

आइतवार दिउँसो पूर्वबाट पश्चित तर्फ ल्याउदै गरेको माछा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । खानका लागि अयोग्य भएको क्वारेन्टाइनले प्रमाणित गरेपछि माछा नष्ट गरिएको हो ।

प्रहरी, कोशी प्रदेश मत्स्य किसान समुहका बरिष्ठ उपाध्यक्ष मोहन सिवाकोटी र मेची मत्स्य किसान समुह झापाका अध्यक्ष लक्ष्मी सिवाकोटी सहितको सहभागितामा चारआली प्रहरी चौकीको प्राङगणमा माछा पुरिएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]