बैशाख १६, २०८१ आईतबार

आदिवासी जनजाति नेत्रहिन संघद्वारा छात्रबृत्ती तथा खाद्य सामाग्री वितरण

शिवसताक्षी । झापाको शिवसताक्षीमा आदिवासी जनजाति नेत्रहिन संघ झापाले आफ्नो १३औँ  स्थापना दिवस मनाएको छ । शिवसताक्षी–११ दूधे स्थित भूतपूर्व सैनिक संघको सभाहलमा एक कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।

आदिवासी जनजाति नेत्रहिन संघ झापाले स्थापना दिवसको अवसर पारेर हल्दिबारी माविमा कक्षा ११ मा अध्ययनरत छात्र सन्देश लिम्बू र त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा विएड तेस्रो वर्षमा अध्ययनरत छात्र प्रदिप राजवंशीलाई छात्रबृत्ती प्रदान गरेको छ ।

त्यसैगरी सोही अवसरमा दृष्टिविहीन पाँच जनालाई खाद्यन्य सामाग्री समेत वितरण गरिएको आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ्गले जानकारी दिए । उनका अनुसार भिमकुमारी श्रेष्ठ, विनोदकुमार मगर, माने गिरी, मञ्जु तामाङ्ग र चुट्की मुर्मूलाई १५ केजी चामल, एक लिटर खाने तेल, एक केजी नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा सन्देश सुहाङ्गलाई शैक्षिक सामाग्री र सरस्वती तामाङ्गलाई सेतो छडी वितरण गरिएको आदिवासी जनजाति नेत्रहिन संघ झापाले जनाएको छ ।

कार्यक्रममा सहभागी सबैलाई स्थानीय पत्रकार सेलिङ्ग केसीको पहलमा कनकाई गार्मेट दूधेले ३३ थान टिसर्ट निशुल्क वितरण गरेको थियो ।

कार्यक्रममा झापा प्याप्सनका अध्यक्ष गौरीमान फागोले नेपाल आदिवासी जनजाति नेत्रहिन संघ झापालाई १० हजार र शिवसताक्षी प्याप्सनका अध्यक्ष राम सुहाङ्गले ३१ सय सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले दृष्टिविहीनहरु साच्चै अन्यायमा परेको महशुष भएको बताए । उनले राज्यको ऐन कानुनले गर्दा स्थानीयतहले चाहेर पनि कतिपय कुराहरुमा सहयोग गर्न नमिलेको जानकारी दिए । सरकारले फरक क्षमता भएका दृष्टिविहीनहरु पनि यो देशका नागरिक हुन् भन्ने महशुष गरेर ऐन कानुन नै सोधन गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्त फेउदिन, राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, झापा प्याप्सनका अध्यक्ष गौरीमान फागो, शिवसताक्षी प्याप्सनका अध्यक्ष राम सुहाङ्ग, सञ्चारकर्मी सरोज भट्टराई र सेलिङ्ग केसीले शुभकामना मन्तव्य राखेका थिए । नेपाल आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अनिल मुखियाले गरेका थिए ।

प्रकाशित मिति : आश्विन २, २०८० मंगलबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]