जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा ब्रह्माकुमारी राजयोगको आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतना

बिर्तामोड । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभाग नेपालले बिर्तामोडमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय अभियानका रुपमा सडक सुरक्षा,जीवन रक्षा कार्यक्रम चलाउंदै आएको राजयोग सेवा केन्द्रले शुक्रबार बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सवारी दुर्घटना मुख्य चुनौती रहेको बताइन् । सांघुरो,अव्यवस्थित सडक र द्रुत गतिका कारण बढी दुर्घटना हुने गरेको भन्दै उनले ख्याल गरेर सवारी कुदाउन सबैलाई आग्रह गरिन् ।

नगर प्रमुख प्रसाईले बिर्तामोड बसपार्कलाई व्यवस्थित गर्नका लागि सम्बन्धित निकायसँग छलफल भईरहेको जानकारी समेत दिइन् । उनले राजयोग केन्द्रले सुरु गरेको यो अभियान सह्रानीय रहेको भन्दै सफलताको शुभकामना दिइन् ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले सवारी दुर्घटना न्यूनिकरणका लागि सबै सचेत हुनु पर्ने बताए । दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ्दै गएको भन्दै उनले ट्राफिक नियमको पालना गर्न आग्रह गरे । ट्राफिक प्रमुख न्यौपानेका अनुसार चालुआर्थिक वर्षको भदौ महिनासम्म झापामा १ सय ४४ वटा दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ५१ जना घाईते भएका छन् ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजयोग अन्तराष्ट्रिय केन्द्रका प्रशिक्षक तथा मधुवन ब्रह्माकुमारी मिडिया प्रभाग मधुवनका रामस्वरुप भाईजीले चालक अनुशासित भए दुर्घटना कम हुने बताए । उनले ज्ञान कम भएका कारण पनि सवारी दुर्घटना बढी हुने गरेको धारणा राखे ।

यस्तै कार्यक्रममा बोल्दै ब्रह्मकुमार गुणराज लामिछानेले विद्यालय स्तरमा दुर्घटना न्यूनिकरणको शिक्षा दिन सकियो भने सकरात्मक सन्देश जाने बताए । उनले यो अभियान राष्ट्रव्यापी रहेको पनि जानकारी दिए ।

कार्यक्रम राजयोगी ब्रह्माकुमारी रबिना दिदीको सभापतित्वमा सम्पन्न भएको हो । सडक सुरक्षा,जीवन रक्षा अभियान असोज ३ गतेदेखि राष्ट्रव्यापीरुपमा सुरु भएको जनाईएको छ । कार्यक्रमको सन्चालन तुलसी भाईजीले गरेका थिए । सोही कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा भर्खरै सरुवा भएर आएका भएका ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेलाई स्वागत गरिएको थियो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले खादा लगाएर स्वागत गरेकी छन् ।

प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]