बैशाख १३, २०८१ बिहीबार

विकाशलाई भोट माग्दै अर्जुनधारा परिक्रमा

अर्जुनधारा । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्ट विकाश लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ ।
सोही नगरपालिका वडा नम्बर –१ मा स्थायी घर भएका लिम्बुलाई अर्जुनधारा नगरपालिकाले चन्द्रगढी विमानस्थलदेखि स्कर्टिङ गर्दै नगर परिक्रमा गराएको थियो । नगरपालिकाले लिम्बुलाई भोट गरेर बिजयी बनाउन आग्रह समेत गरेको छ ।

‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल लिम्बुले अर्जुनधाराको शनिश्चरे बजार र खुदुनावारीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमसँगै सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए । विकाश लिम्बु जिताऔं अभियानको आयोजनामा भएको सांगितीक कार्यक्रममा लिम्बुले तीनवटा गित प्रस्तुत गरेका थिए । विकासलाई भ्वाइस अफ नेपालको बिजेता बनाउन अभियान सञ्चालन गरेको संयोजक विजय सेन्दाङले बताए । उनले लिम्बुलाई जिताउन भोट गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा अर्जुनधारा नगरको भाषा, कला, साहित्य र संस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशिला सुवेदी, सदस्य सचिव तिवेन्द्र अधिकारी, वडा नं. १० का अध्यक्ष वलदेवसिंह गोम्देनलगायतले बोल्दै लिम्बुलाई भोट दिन आग्रह गरेका थिए । भ्वाइस अफ नेपालले उनलाई गृह नगर परिक्रमा गराउने अभियान अनुसार झापा ल्याएको हो ।

प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]