बैशाख २७, २०८१ बिहीबार

बिरिङमा नयाँ पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ : सभामुख

अर्जुनधारा । सभामुख देवराज घिमिरेले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक खण्डमा पर्ने बिरिङ नदिको बाढीले भत्किएको पुलको स्थलगत अवलोकन गर्नुभएको छ । सोमबार गृह जिल्ला आईपुग्नुभएका घिमिरेले आज आफ्नो निर्वाचन क्षेत्र झापा २ अन्तर्गत पर्ने बिरिङ पुलको अवलोकन गर्नुभएको हो ।

पुल अवलोकनको क्रममा उहाँले उक्त स्थानमा नयाँ पुल निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकाररी दिनुभयो । सभामुख घिमिरेले भन्नुभयो–‘नयाँ पुल निर्माणको लागि पहल सुरु भएको छ ।’ पुलको डिजाइन र लगत स्टिमेटको काम अन्तिम चरणमा रहेको उहाँले बताउँनुभयो । ‘अहिले भौतिक पूर्वधार मन्त्री र सचिव दुवै जना विदेश भ्रमणमा हुनुहुन्छ’, सभामुख घिमिरेले भन्नुभयो,–‘मैले झापा आउनु अघि हिजोमात्रै मन्त्रालयका कर्मचारीहरुसंग बुझेको छु’, पुल निर्माणका लागि आवश्यक पक्रिया चलिरहेको छ’, उहाँले भन्नुुभयो–‘मन्त्री ज्यु आइपुग्ने बित्तिकै यसलाई अगाडी बढाउने प्रक्रिया पुरा हुन्छ ।’

केही समय अघि आएको बाढीले बिरिङ खोलाको पुल भाचिएको थियो । उक्त पुल भारतीय राजदुतावासको सहयोगमा २०६४ सालमा निर्माण भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । सुभामुख घिमिरेसंगै नगरप्रमुख गोम्देन पनि पुल अवलोकनका लागि पुग्नुभएको थियो ।
विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि झापा आइपुग्नुभएका सभामुख घिमिरेले आजै आफु निर्वाचित भएको झापा क्षेत्र नम्बर २ का विभिन्न अधुरा विकासका योजना र नयाँ निर्माण हुने योजनाहरुको अवलोकन गुर्नभएको थियो ।

पुल अवरुद्ध हुँदा सो मार्ग हुँदै आवतजावत गर्ने अर्जुनधारा नगरपालिकाका केही वडाका नागरिक र इलामको विभिन्न भुभागका नागरिकले अहिले वैकल्पिक मार्गको प्रयोग गर्नु परिरहेको छ । पुलको अस्थाई रुपमा सामान्य मर्मत गरेर २ पाङग्रे र तिन पाङग्रे साना सवारी भने आवतजावत गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन ९, २०८० मंगलबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]