जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडको मेयर पकेट कार्यक्रम सफल

सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकामा पशु पालक किसान असाध्यै खुशी छन् । त्यसको मुख्य कारण भनेको नगरले पशु पालक किसानका लागि सञ्चालन गरेको कार्यक्रम नै हो । बिर्तामोड नगरपालिकाले पशु पालनको क्षेत्रमा मेयर पकेट प्याकेज कार्यक्रम सञ्चालन गरेको थियो । अहिले पनि उक्त कार्यक्रम सञ्चालनमा छ । मेयर पकेट प्याकेजमा कुखुरा, बाख्रा र बंगुर साटासाट गर्ने गरिन्छ । किसानलाई एक पटक नगरपालिकाले उपलब्ध गराउने र त्यसपछि नगरलाई नै फिर्ता गर्ने कार्यक्रमको मोडल छ । तीन वटा बाख्रा पाउने किसानले बच्चा भएपछि नगरलाई तीन वटै पाठा फिर्ता गर्नुपर्छ । र, फिर्ता आएको पाठा अर्को किसानलाई नगरले उपलब्ध गराउदै आएको छ ।

नगरपालिकाले किसानलाई बाख्रा र बंगुर उपलब्ध गराइरहेको छ । सँगै, प्राविधिक सहयोग र खोर निर्माणमा समेत सहयोग गरिरहेको छ । किसानलाई आवश्यक परामर्श प्रदान गर्दै पशु तथा मत्स्य विकास शाखाले बिर्तामोडमा पशुपालनको क्षेत्रमा ठुलो सफलता हासिल गरिरहेको छ । गाउँघरमा अहिले नगरले उपलब्ध गराएका पाठाहरु हुर्किरहेका छन् । किसानहरु सोही व्यवसायमा निर्भर हुनसक्ने वातावरण बन्दै गएको छ । गाउँमा समूह निर्माण गरेर स्थानीय सरकारले गरेको लगानीलाई किसानले पनि फलदायी बनाउन मेहनत गरेको पाइन्छ ।

ग्रामीण क्षेत्रमा महिलालाई स्वरोजगार बनाउने, आर्थिक जीवन माथि उठाउन सहयोग गर्ने र सामुहिक हितमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रम परिणाममा देखिन थालेको छ । कुखुरा साटासाट सफल हुन सकेन । बाख्रा र बंगुर साटासाट कार्यक्रम प्रभावकारी बनिसकेको छ । यसको निरन्तरतामा नगरले ख्याल गर्नैपर्छ । यो कार्यक्रमले घरपरिवारको खर्च, बालबालिकाको पठनपाठन, उपचार र भरअवरमा खर्च गर्ने आर्थिक अवस्था निर्माण गरेको छ । वार्षिक रुपमा लाखौं रुपैयाँ आम्दानी गर्न सकिने मेयर पकेट प्याकेजमा धेरैभन्दा धेरै किसानलाई जोडेर जानुपर्छ ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]