बैशाख २४, २०८१ सोमबार

भद्रपुरमा सिम्रिकको इकाईगत साधारणसभा

भद्रपुर । झापाको अग्रणी सहकारी संस्था विर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा अन्तरगत इकाई स्तरीय साधारणसभा सम्पन्न गर्ने क्रममा बुधबार भद्रपुरमा सम्पन्न गरेको छ ।

स्थाले आफ्ना ५९ हजार २६३ जना सेयर सदस्यहरुलाई पायक पर्ने गरी इकाईगत साधारण सभा गर्दै आएको छ । संस्थाले भद्रपुर–८ स्थित नेपाल सामुदायिक विकास केन्द्रको सभाहलमा भद्रपुर, बनियानी र चन्द्रगढी सेवा केन्द्र अन्तर्गका शेयर सदस्यहरुका बीचमा इकाईगत साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका ससचिव एन्द्रबहादुर राईको अध्यक्षतामा आयोजित इकाईगत साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिका, वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्कीले गरेका थिए । संस्थाको ०७९-०८० को वार्षिक प्रतिवेदनका सम्बन्धमा जानकारी समेत दिइएको सो साधारणसभाका अवसरमा एक जना असल ऋणी र एकजना असल बचतकर्तालाई सम्मान गरिएको थियो भने बिरामी भई सदस्य वा सदस्यका परिवारजनको उपचार खर्चवापत ६ जना सदस्यलाई सदस्य राहत सुविधा कार्यक्रमअन्तर्गत राहत रकम प्रदान गरिएको थियो ।

उत्कृष्ट वचतकर्ताको रुपमा चन्द्रगढी सेवा केन्द्रकी सपना क्षेत्री र उत्कृष्ट ऋणी सदस्यका रुपमा बनियानी सेवा केन्द्रकी सरिता शिवाकोटीलाई जनही पाँच हजार नगरसहित सम्मानपत्र प्रदान गरिएको थियो । समारोहका प्रमुख अतिथि कार्की, विशेष अतिथि भद्रपुर नगरपालिका, वडा नं ५ का वडा सदस्य जेष्ठमल ठाकुरलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

राहत सुविधा पाउनेहरुमा रिना माझी, जानकी राजवंशी, सुनो राजवंशी, अनिता राजवंशी, मनिषा हल्वाई कान्दु र नगिना मुसलमान खातुन रहेका छन् । संस्थाका विभागीय अधिकृत मीनबहादुर अधिकारीले सञ्चालन गरेको साधारणसभाको बन्दसत्रले वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

कोशी प्रदेशका चार जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले आ. व. ०७९-०८० मा ११ दशमलव ६४ प्रतिशतले बृद्धि गरी २ अर्ब ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँको वासलात बनाएको छ ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  ३ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]