बैशाख २७, २०८१ बिहीबार

अर्जुनधारामा धनीपुर्जा वितरणको काम सुरु

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरणको काम सुरु गरेको छ । पहिलो पटक बुधबारबाट धनिपुर्जा वितरण सुरु गरेको हो ।

अर्जुनधाराले सभामुख देवराज घिमिरेको बाहुलीबाट बुधबार ६ जनालाई धनीपुर्जा वितरण गरेको नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । उनका अनुसार वडा नं. ११ का ६ जनालाई पहिलो चरणमा पुर्जा वितरण गरिएको हो । यसअघि नगरपालिकाले वडा नं.१, ५ र ११ का भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको थियो । नगर प्रमुखका अनुसार २१ सय ७९ जनालाई निस्सा वितरण गरिएको थियो ।

पहिलो चरणमा ६ जनालाई वितरण गरिएको छ, उपप्रमुख खड्गमाया पराजुलीले भनिन्, – अब क्रमशः धनीपुर्जा वितरण गर्दै जानेछौं ।

धनीपुर्जा वितरण कार्यक्रममा पूर्व मन्त्री केशव कुमार बुढाथोकी, पूर्व प्रदेश सदस्य बिर्ख प्रधान, भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले नागरिकको मौलिक हक सुनिश्चितताका लागि सबै तहका सरकार जिम्मेवार भएको बताए । उनले नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सन्दर्भमा आफ्नो तहबाट पनि जिम्मेवार ढंगबाट लागिपर्ने जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]